समाचार

तिहारका कारण राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्यो

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई खुवाउने भनिएको भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति सारिएको छ। कात्र्तिक २ र ३ गते तिहार परेका कारण मिति सार्नु परेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अब कात्र्तिक १६ र १७ गते हुने भएको छ। 

महाशाखाले सोही अनुसार आबश्यक तयारी अगाडि बढाउन सबै जिल्ला जनस्वास्थ्य र स्वास्थ्य कार्यालयलाई पत्र पठाइसकेको छ। 

‘कात्तिक २ र ३ गते महान चाड तिहार परेकोले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आमरुपमा भिटामिन ए वितरण मिति परिवर्तन गरी कात्र्तिक १६ र १७ गते हुने भएको छ,’ पत्रमा भनिएको छ।

भिटामिन ए को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालिन झाडापखाला लाग्ने, दादुरा लगायतका रोग लाग्ने चिकित्सकहरुले बताएका छन्। सरकारले ६÷६ महिनामा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live