विचार/ब्लग

दुर्गमकी एक आमा भन्छिन्: सासुको आँखा छलेर लुकीलुकी खाँदा बच्चा स्वस्थ भयो

गोइली खत्री, बाहुली, जुम्ला

मेरो घर जुम्लाको दुर्गम गाउँमा पर्छ। यहाँ चेतनाकोस्तर निकै कम छ । गर्भवती हुँदा मेरो सासुले भन्नुहुन्थ्यो, ‘गेडागुडी नखाऊ बच्चाको पेटमा अड्किएर बस्छ । साग, मासु नखाऊ मुटुमा रहन्छ । लिटो घिउसँग खानु हुँदैन ।’ परम्परागत चेतना भएका कारण उहाँले त्यसो भन्नुभएको हो। उहाँले मलाई र मेरो पेटमा रहेको बच्चालाई केही समस्या नहोस भनेर नै आफूले सुनेको कुरा मलाई बताउनुभएको हो । तर, उहाँ गलत हुनुहुन्थ्यो ।

उहाँले सुनेका कुरा गलत हुन भन्ने कुरा मैले पनि महिला स्वास्थ्य स्वयंसेविका दिदीबाट सुनेपछि मात्र थाहा पाएको हुँ । हाम्रो गाउँमा पहिला मेरो सासुको जस्तै धारणा सबैमा थियो । त्यही भएर धेरै बच्चाहरु क्ुपोषित र रोगी हुन्थे । स्वास्थ्य स्वयसेविकाका कारण सुरक्षित रुपमा बच्चा जन्मिएको र आमा र बच्च स्वस्थ भएको मैले पहिला पनि देखेको थिएँ । त्यही भएर मलाई उहाँहरुप्रति पूर्ण विश्वास थियो । सासुले मलाई सम्झाएको कुरा गलत हो भन्ने लागेपछि मैले त लुकाइलुकाई सबै खाइदिएँ । 

सासुले जे जे खानु हुँदैन भन्नु भएको थियो । ति सबै पोषिलो र गर्भवतिले अनिवार्य रुपमा खानुपर्ने कुरा रहेछ । महिला स्वास्थ्य स्वयंसेविकाले यी सबै कुरा खायो भने बच्चा स्वस्थ र हृष्टपुष्ट हुन्छ भन्नुभएको थियो । त्यही भएर मैले सासुको कुरा नसुनी लुकीलुकी खाएँ । अहिले मेरा बच्चा निरोगी छन् । खानेकुरा बार्नेहरुका बच्चा भने कमजोर छन् । पहिला आमाले आप्mनो ज्यान बनाउनु प¥यो । आफूले खाएपछि बच्चा स्वस्थ हुने हो । स्वास्थ्य स्वयंसेविकाले भनेको नमानेर सासुले भनेको मानेको भए मेरा बच्चा पनि स्वस्थ हुँदैन थिए । मैले त यसरी नै खाएर बच्चाहरु अरुको भन्दा बलिया र निरोगी बनाएकी छु ।

पहिला–पहिला सासुलाई लुकाएर खान्छे भन्नेहरु अहिले तिमीले ठिक गरेछौ भन्न आउँछन् । गाउँमा केही पोषिलो खाना खानै नदिने परम्परा छ । सुत्केरी अवस्थामा कमजोर हुन्छ, त्यस्तो बेला नखाऊ भनेको कसरी मान्नु ? आफैंले यस्ता कुरा सिक्न जरुरी छ । मैले त सबैलाई सासुले जेसुकै भनुन् पोषिलो  र सन्तुलित खाना खानुपर्छ भन्ने गरेकी छु ।


यो पनि पढौं:

हुर्कंदै स्वस्थ बच्चा,  अझै छन् चुनौती

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live