समाचार

स्टार अस्पतालमा तीन दिने निःशुल्क जोर्नी प्रत्यारोपण परिक्षण हुने

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- सानेपास्थित स्टार अस्पतालमा तीन दिने निःशुल्क जोर्नी प्रत्यारोपण परिक्षण र परामर्श हुने भएको छ।

अस्पतालले घुँडा तथा हिपको समस्या भएका बिरामी तथा जोर्नी प्रत्यारोपण गराएका र गराउन चाहने बिरामीलाई लक्षित गर्दै निःशुल्क परिक्षण र परामर्श सेवा दिन लागेको हो।

अस्पतालमा असोज २८ देखि ३० गतेसम्म दिउसो १ देखि ५ बजेसम्म निःशुल्क परिक्षण सेवा सञ्चालन हुने अस्पतालका चिफ अपरेटिङ अफिसर डा सन्देश जिसीले जानकारी दिए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live