समाचार

भारदह अस्पतालमा आफ्नै फार्मेसी सेवा शुरु

स्वास्थ्य खबरपत्रिका

राजविराज- जनतालाई उचित मूल्य र सुलभ तरिकामा औषधि दिलाउने उद्देश्यका साथ भारदह अस्पतालमा आजदेखि आफ्नै फार्मेसी सेवा शुरु भएको छ । 

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १ स्थित भारदह अस्पतालमा अस्पतालबाट निःशुल्क पाइने औषधिबाहेक बाहिरबाट खरिद गर्नुपर्ने औषधि बाहिर नगई सुलभ दरमा अस्पतालभित्रै उपलब्ध गराइने अस्पतालका प्रमुख धर्मेन्द्र खड्गाले जानकारी दिए। 

अहिले सो औषधालयमा ४६ थरी औषधिमा शुल्क लाग्ने र ७१ थरी निःशुल्क पाइन्छ । अस्पतालमा प्रयोगशाला जाँच गराउँदा बिरामीलाई सुविधा हुने गरी सुलभ दरमा सेवा प्रदान गरिने उनले बताए। 

पन्ध्र श्यया रहेको अस्पतालमा भौतिक पूर्वाधारको अभाव छ । बहिरंग शुल्क भने १० मात्र लिने निर्णय भएको छ । अस्पताल सञ्चालन समितिका अध्यक्ष अनिरुद्ध मण्डलले सो सेवाको उद्घाटन गरेका थिए। रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live