जीवनशैली

अबको ८ वर्षमा मोटोपनाबाट उत्पन्न रोगको उपचारमा मात्रै ९ अर्ब २० करोड युरो खर्च हुने

स्वास्थ्य खबरपत्रिका

 

बालबालिका र किशोरहरुमा मोटपनाको समस्या १० गुणाले बढ्दै गएको एक अध्ययनले देखाएको छ। विश्वका दुइ सय राष्ट्रमा गरिएको अध्यनन अनुसार १ करोड २४ लाख बालबालिका अत्याधिक मोटो रहेको फेला पारेको छ। 

बेलायतमा ५ देखि १९ उमेर समूहका १० बालबालिकाबीच अध्ययन गर्दा प्रत्येक एकमा अत्याधिक मोटोपना पाइएको छ। उनीहरुमा डायबेटिज, हृदयघात र क्यान्सरको समेत जोखिम रहेको अध्ययनको प्रतिवेदन छ। 

सन् २०२५ सम्म मोटोपनका कारण उत्तपन्न रोगको उपचारमा मात्र ९ अर्ब २० करोड युरो खर्च हुने देखिएको वर्ल्ड ओबेसिटी फेडिरेसनको निष्कर्ष छ। 

फाष्टपुडको अत्याधिक सेवनका कारण मोटोपनाको समस्या बढ्दै गएको अध्ययनले देखाएको छ। पूर्वी एसियामा अत्याधिक मोटोपना हुने बालबालिका धेरै रहेका छन्। भारत  र चीनमा यो समस्या अझ बढ्दै गएको अध्ययनले देखाएको छ। 

सन् २०१७ को सुरुवाती चरणमा विश्वमा  २ सय ३ करोड व्यक्ति अत्याधिक मोटो फेला परेका थिए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live