टिप्स/जानकारी

नेपालमा अन्धोपना सम्बन्धी ४ र आँखा स्वास्थ्यका ५ विश्वव्यापी तथ्य

स्वास्थ्य खबरपत्रिका

नेपालमा अन्धोपना सम्बन्धी ४ तथ्य

१‍. नेपालमा अनुमानित १ लाख मानिसहरु दृष्टि विहीन छन् (३ मिटरको दुरीबाट औंला गन्न नसकिने अवस्था)।

२. नेपालमा अनुमानित ५० वर्ष र माथिका जनसंख्यामा २.५ प्रतिशत दृष्टिविहिन छन् ।

३. नेपालमा अन्धोपनाको ६६% अन्धोपन उपचार गर्न सकिने खालका छन् ।

४.  नेपालको कुल जनसंख्यको ०.३५% मानिसहरुमा अन्धोपन छ । 

आँखा स्वास्थ्य सम्वन्धि  विश्वव्यापी तथ्य

१. विश्वमा हरेक ५ जना अन्धोपन भएका मानिसमध्ये ४ जनाको उपचार र रोकथाम सम्भव छ । हटाउन सकिने अन्धोपन, अब नबढोस भन्ने उद्धेश्यका साथ आउनुस् सबै मिलेर सहकार्य गरौ ।

२.  संसारमा झण्डै २८ करोड ५० लाख मानिसहरुमा दृष्टि कम र अन्धोपना रहेको देखिएको छ । जस मध्ये हटाउन सकिने अन्धोपना कुल दृष्टिविहिन हुने कारणमध्ये ८० % भएको पाइएको छ  । जस मध्ये ३ करोड ६० लाख मानिसहरुमा अन्धोपन देखिएको छ र २१ करोड ७० लाखमा दृष्टि दोष देखिएको छ ।

३.  संसारमा अनुमानित १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टि दोष ९ख्ष्कगब िक्ष्mउबष्चmभलत० देखिएको छ । 

४.  कूल दृष्टि दोष मध्ये झण्डै ६५% मानिसहरु ५० वर्ष र माथिका उमेरका छन् । 

५.  दृष्टिदोष भएका मध्ये ९० % मानिसहरु विकासोन्मूख देशमा बसोबास गर्दछन् ।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live