मुख्य समाचार

उपचारमा ढिलाे नगराैं भन्ने शन्देशका साथ विश्व वाथराेग दिवस मनाइँदै

स्वास्थ्य खबरपत्रिका


काठमाडौं–  विश्व बाथरोग दिवस  नेपालमा पनि विभिन्न कार्यक्रम सहित मनाइएको छ । ‘डन्ट डिले, कनेक्ट टुडे’ नाराका साथ यस वर्ष यो दिवस मनाइँदैछ। 

नेपालमा लाइन्स क्लब इन्टरनशेनल, नेपाल रिम्याटोलोजी एशोसियसन र नेशनल वाथरोग उपचार केन्द्रको संयुक्त आयोजना सन् २०१२ देखि नियमित मनाउने गरिएको छ। 

सो अवसरमा बिहीबार काठमाडौंको सुन्धारामा एक विशेष कार्यक्रमको आयोजना गरी रोगको  जानकारी र उपचार सम्बन्धि विभिन्न पोष्टरको प्रदर्शनी  तथा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। 

सो कार्यक्रममा नेपाल रिम्याटोलोजी एशोसियसनका महासचिव डा दिपेश शाक्यले सानोतिनो जोर्नीको दुखाई र लक्षणमा हेलचक्र्याइ नगर्न आग्रह गरे । उनले भने, ‘सामान्य दुखाई भनेर ढिलो गर्दा अपांग बनाउन सक्छ। त्यसैले समयमै उपचारमा आउनुपर्छ।’

कार्यक्रममा नेशनल वाथरोग सेन्टरले  हरेक दिन २ बजेदेखि ४ बजेसम्म रातोपुलस्थित क्लिनिकमा सामुदायिक क्लिनिक चलाउने सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले बताए । उक्त क्लिनिकमा दर्ता शुल्क जम्मा ५० रुपैयाँ मात्र रहेको पनि उनले बताए ।  उनले भने, ‘नेपालमा हड्डी खिइने समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै हरेक दिन ४ बजेपछि ओस्टियोपोरोसिस् क्लिनिक पनि शुरु गर्ने छौं।’

कार्यक्रममा डा अभिलाशा शाह, डा लक्की शर्मालगायतले रोग र उपचार सम्बन्धि जानकारी लिएका छन्।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live