समाचार

चाँगुनारायण नगरपालिकाको टोलटोलमा रक्तचाप मापन केन्द्र स्थापना


भक्तपुर- चाँगुनारायण नगरपालिकाले प्रत्येक वडाको टोलटोलमा उच्च रक्तचाप मापन केन्द्र स्थापना गरेको छ। 

उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको तर रक्तचाप मापनका लागि भने भक्तपुर नगरपालिका क्षेत्रमा नै आउनुपर्ने बाध्यता भएपछि टोलटोलमा केन्द्र स्थापना गरिएको हो । नगरपालिकाले प्रत्येक वडाको टोलटोलमा गरेर ५० ठाउँमा यसप्रकारको केन्द्र स्थापना गरेको नगर प्रमुख सोम मिश्रले जानकारी दिए। 

केन्द्रका सञ्चालकलाई रक्तचाप मापनका लागि दुई दिनको तालिम प्रदान गरेर ५० वटा रक्तचाप मापन यन्त्रसमेत निःशुल्क प्रदान गरिएको छ । एउटै वडाको पाँचवटा टोलमा स्थापना गरिएका यस्ता केन्द्रमा गएर स्थानीय नागरिकले अब नियमित रुपमा रक्तचाप मापन गर्न सक्नेछन्। रासस

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने