मुख्य समाचार

सरकारसँग वार्ता गर्न डा केसी पक्षबाट ५१ सदस्यीय टोली

स्वास्थ्य खबरपत्रिका

फाइल तस्बिर

काठमाडौं- डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले सचिवस्तरीय ३ सदस्यीय वार्ता टोली गठन गरेपछि डा केसी पक्षले ५१ सदस्यीय वार्ता टोली गठन गरेको छ। 

नेपालमा चिकित्सा शिक्षा, स्वास्थ्यमा आमूल सुधार तथा देशमा संस्थागत बन्दै गइरहेको बेथिति र नीतिगत भ्रस्टाचार अन्त्यका लागि १३औं पटक आमरण अनशन बसेका डा केसीले प्रथम चरणमा ५१ सदस्यीय वार्ता टोली गठन गरेका हुन्। 

डा केसीले आफ्नो मागमा समर्थन गर्ने सबै नेपालीको साथ लिएर सरकारसँग वार्ता गर्ने जनाएका छन्। १२औं पटकसम्म सम्झौता गरेर झुक्याउने सरकारको नियत आमनागरिकको हितमा नभएको भन्दै देशभरिका सबै नेपाली दाजुभाई, दिदीबहिनी एक भएर लुटविरुद्ध जुट्न डा केसीले आवाहन गरेका छन्। 

प्रथम चरणमा ५१ सदस्यीय वार्ता टोली गठन भए पनि दोस्रो चरणमा ७५ जिल्लाकै प्रतिनिधित्व हुनेगरी विस्तार गरिने डा केसीले बताए। दुर्गम र विकट क्षेत्रका प्रतिनिधित्व हुनेगरी वार्ता टोलीमा संलग्न हुन चाहने जोसुकै नेपालीलाई पनि डा केसीले सम्पर्कमा आउन आह्वान गरेका छन्। वार्ता टोलीमा यसभन्दा अगाडि वार्तामा प्रतिनिधित्व गर्ने सबै चिकित्सकसहित बाँकी नयाँ प्रतिनिध समेटिने भएका छन्।

डा केसीले नेतृत्व गरेको आन्दोलनमा जोडिन चाहने जोसुकैका लागि पनि बिहीबारबाटै मिसकल मार्फत जोडिन सकिने व्यवस्था गरिएको सोलिडारिटी फर डा केसी अलायन्सका जगन्नाथ लामिछानेले जानकारी दिए। उनले फेसबुक वा टेलिफोन नम्बर ९८६२३७१०९३ मार्फत मिसकल दिएर सिधै सम्पर्क गर्न सकिने बताए।

आफूले उठाएको आन्दोलन अब हरेक गाउँ, टोल, जिल्ला-जिल्लामा फैल्याउने अभियानमा वार्ता टोलीका सदस्यले नेतृत्वदायी भूमिका खेल्ने डा केसीले विश्वास लिएको लामिछानेले बताए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live