मुख्य समाचार

डा केसीले उठाएको विषय टुंग्याउन ३ दलको बैठक राखेको छु : सभामुख घर्ती

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले डा गोविन्द केसीले उठाएका मागलाई निचोडमा पु¥याउन प्रमुख ३ दलको बैठक बोलाएकी छिन्।

सम्भवत संसदको आज अन्तिम बैठक बस्दै छ। संसदमा रहेको चिकित्सा शिक्षा विधेयक विद्यार्थी र जनतामुखी आउनु पर्ने भन्दै १७ बुँदे संशोधनको माग राखेर डा केसी आमरण अनशनमा बसेका छन्। डा केसीको माग बमोजिम नै विधेयक पास गराउन सरकार सकारात्मक छ। तर, एमाले र माओवादीले डा केसीको माग अनुसार विधेयक पास गर्न नसकिने अडान राखेपछि हिजो विधेयक संसदमा पेश हुन सकेको थिएन।

एमाले र माओवादीको अडानका कारण विधेयक पेश हुन नसकेपछि डा केसीले सभामुख घर्तीलाई विशेष अधिकार प्रयोग गरेर भए पनि विधेयक पास गराउन आग्रह गरेका छन्।
डा केसीको आग्रहपछि सभामुख घर्तीले आज दिउसो साढे २ बजे तीन दलको बैठक बोलाएकी हुन. । ‘डा केसीले उठाउनुभएको विषय निचोडमा पुर्याउन गर्नुभएको आग्रहप्रति मेरो ध्यानाकर्षण भएको छ।यसलाई टुंग्याउन आजपनि ३दलको बैठक राखेको छु’ घर्तीले बैठकका बारेमा जानकारी दिँदै सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन् ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live