विश्व स्वास्थ्य

विषाक्त खानाका कारण श्रीलङ्कामा सय जना कामदार बिरामी

स्वास्थ्य खबरपत्रिका

कोलम्बो- श्रीलङकाको एउटा कपडा उद्योगमा काम गर्ने एक सय जना भन्दा बढी मजदुरहरु बिहीबार बिरामी भएका छन् । 

विषाक्ता खानाका कारण बिरामी भएका उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । 

कान्डीमा उद्योगले उपलब्ध गराएको विहानको खाजा खाएपछि मजदुरहरु एकएक धमाधम बिरामी हुन थालेका थिए । 

खाजा खानेवित्तिकै आफुहरुलाई पेट दुख्ने, असजिलो महशुष हुने, बान्ता हुने लगायतका समस्याहरु देखा परेको उनीहरुले बताएका छन् । 

बिरामी भएपछि उपचारका लागि उनीहरुलाई तत्काल कान्डी जनरल अस्पतालमा लगिएको प्रहरीले बताएको छ । 

घटनाका बारेमा थप अनुसन्धन भईरहेको प्रहरीको भनाई छ । यस महिना यस्तै घटना भएको यो दोस्रो हो । 

झण्डै दुई सय जना मजदुर कार्यरत अर्को कपडा उद्योगमा पनि गत अक्टोबर ४ मा यस्तै घटना भएको थियो । विहानको खाना खाएपछि उनीहरु बिरामी भएका थिए । रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live