मुख्य समाचार

संसदको अन्तिम बैठकः चिकित्सा शिक्षा विधेयक नआउने पक्का, अब के हुन्छ ?

img

प्रवीण ढकाल

काठमाडौं- व्यवस्थापिका संसदको अन्तिम बैठक अहिले बसिरहेको छ । यो बैठकमा डा गोविन्द केसीको माग अनुसार राष्ट्रिय चिकित्सा विधेयक पारित हुने अनुमान गरिएको थियो। तर, डा केसी आमरण अनशनमा बसिरहेको समयमा संसदको अन्तिम बैठकमा चिकित्सा शिक्षा विधेयक पेश नै भएन।

संसदमा विधेयक पेश नै नभएपछि अब वर्तमान संसदबाट चिकित्सा शिक्षा ऐन आउने बाटो बन्द भएको छ । संसदबाट नै चिकित्सा शिक्षा विधेयक पारित हुन अब अर्को संसदिय निर्वाचनपछि बन्ने नयाँ संसदको बैठकमा विधेयक पेश भयो भने पुन नयाँ प्रक्रियाका आधारमा आउनसक्छ । तर, वर्तमान संसदबाट भने विधेयक नआउने पक्का भएको छ।

वर्तमान संसदको समयावधि सकिए पनि सरकारले चाह्यो भने राष्ट्रपति समक्ष अध्यादेशबाट ऐन ल्याउन सक्छ । तर, जननिर्वाचित संसदबाट नै विधेयक पारित नभएको समयमा राष्ट्रपतिबाट अध्यादेश जारि हुने सम्भावना अत्यन्त कम रहेको डा केसी समर्थित एक चिकित्सकले बताए ।

डा केसीको माग बमोजिम नै विधेयक पारित गराउन सभामुख ओनसरी घर्तीले तीन दलको बैठक बोलाएकी थिइन् । बैठकमा एमाले र माओवादीले आफू अनुकुलका कलेजले सम्बन्धन पाउनु पर्ने ऐन बनाउन अडान लिएपछि सहमती जुट्न सकेन। सहमती जुट्न नसकेका कारण संसदमा विधेयक पेश नभएको सभामुख घर्तीको स्वकिय सचिव बबिन शर्माले जानकारी दिए।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live