मुख्य समाचार

जनतालाई ठूलो धोका, अनशन जारी रहन्छ : डा केसी

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- संसदको अन्तिम बैठकमा चिकित्सा शिक्षा विधेयक पेस नभएपछि डा गोविन्द केसीले नेपाली जनतामाथि ठूलो धोका भएको बताएका छन्। आज अनशनको नवौं दिन हो।
उनले विधेयक पेश नभएकोमा दुख व्यक्त गर्दै आफ्नो अनशन जारी रहने प्रतिक्रिया दिएका छन्।

‘देश माफिया, गुन्डा र डनहरुले चलाइरहेका छन् भन्ने पुष्टि भएको छ,’ उनले भने, नेपाली जनतलाई ठूलो धोका भएको छ, मेरो सत्याग्रह जारी रहन्छ ।’ उनले समाजवाद उन्मुख संविधान र साम्यवादी/समाजवादी पार्टी भएको देशमा संविधानको उपहास भएको बताए । 

डा केसीले अनशन जारी राख्ने भएपछि उनका समर्थकले भोली वृहत र्‍याली निकाल्ने भएका छन्। मध्यान्न १२ बजे माइतिघरबाट शुरु हुने र्‍याली नयाँ बानेश्वरसम्म हुनेछ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live