समाचार

स्वस्थ प्यूठान बनाउने जनप्रतिधिहरुको घोषणा, पाँच बुँदे प्रतिबद्धतामा हस्ताक्षर

दीपा पौडेल 

प्यूठान – जिल्लाको समग्र स्वास्थ्य र मातृ तथा बाल स्वास्थ्य सुरक्षाका लागि मेडिक मोबाइल कार्यक्रम संचालन हुने भएको छ। 

जिल्लाका ९ स्थानीय तहका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुलाई एक कार्यक्रमका बीच जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले मेडिक मोवाइल कार्यक्रम जिल्लाभर संचालन हुने जानकारी गराएको छ। 

दुर्गम क्षेत्रमा बिद्यमान रहेको मातृ तथा बाल मृत्युदरलाई मोबाइल प्रविधि मार्फत् समाधान गर्ने उदेश्यले कार्यक्रम संचालन गरिएको मेडिक मोबाइल कार्यक्रमका पे्राजेक्ट मेनेजर मनोज खड्काले जानकारी दिएका छन्। उनले भने, ‘बिशेष गरी यो कार्यक्रम दुर्गम बस्तीका गर्भवति तथा बालबालिको स्वास्थ्य स्थिति सुधारमा केन्द्रित रहेको छ।’

कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले यो कार्यक्रम प्यूठान जिल्लामा ल्याएको भन्दै सहयोगी संस्थालाई धन्यबाद दिँदै जनप्रतिनिधिहरुले यसको प्रभावकारी कार्यान्वयनका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन्। कार्यक्रम संचालन हुनु ठूलो कुरा नभएको मेयर कक्षपतिले भने, ‘कार्यक्रम धेरै आउँछन् र जान्छन् तर हाम्रो ध्यान कार्यक्रमको उदेश्यलाई सफल बनाउनको लागि प्रतिबद्ध हुनुपर्दछ।’

जिल्लामा अहिले प्रति लाख १३४ जना मातृ मृत्युदर रहेकोमा सन् २०३० सम्म त्यसको दर खटाई प्रति लाखमा ७० भन्दा कम पु¥याउने लक्ष्य लिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत बिशाल सुवेदीले बताए। कार्यक्रममा  सहभागी प्रमुख जिल्ला अधिकारी डा. कृष्ण प्रसाद घिमिरेले जिल्लामा यो प्रविधि मार्फत सेवा संचालन हुनु खुसीको कुरा रहेको भन्दै प्रभावकारी रुपमा कार्यक्रम संचालन गर्न सबै प्यूठानबासीलाई आग्रह गरे। 

जिल्लाका ९ वटै  स्थानिय तहका जनप्रतिनिधिहरुले कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्नका लागि पाँच बुँदे प्रतिबद्धतामा हस्ताक्षर गरेका छन्। 

 प्रतिबद्धता
१) नेपालको संबिधान २०७२ धारा ३८ मा उल्लेख भएको प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धि हक हुनेछ भनिए बमोजिम सुरक्षित मातृत्व कार्यक्रम अन्तरगत पूर्ण गर्भजाँच र पूर्ण संस्थागत सुत्केरी अभियान उत्मुख भई घोषणा गर्दै लैजाने।

२) पूर्ण खोप युक्त जिल्ला घोषणा गरेको सन्दर्भमा यसको दिगोपना र सुनिश्चितताको लागि स्थानिय तहबाट निरन्तर कार्ययोजना बनाई दिगोपना कायम राख्न कटिबद्ध हुने। 

३) मोबाइल स्वास्थ्य कार्यक्रम पूर्ण रुपमा लागू गरी दिगोपनाका लागि स्थानिय तहबाट आवश्यक श्रोतको ब्यवस्थापन गर्ने ।

४) सर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ पूर्ण रुपमा पालना गर्ने, सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ, लागु पदार्थ र मादक पदार्थको सेवन निषेध गर्ने। 

५) हाल बिभिन्न स्वास्थ्य संस्थाबाट दिँदै आएको स्वास्थ्य सेवालाई थप सुदृढिकरण गरि स्वास्थ्य सेवा पाउने आम नागरिकको अधिकारलाई सुनिश्चित गर्ने  उल्लेख गरिएको छ। 
सन् २०१३ मा बाग्दुलका ४ गा.बि.स बाट सुरु भएको यो कार्यक्रम हाल प्यूठान सहित ६ जिल्लामा थप भई देशभर १० जिल्लामा सुरु हुने भएको छ। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live