मुख्य समाचार

प्रधानमन्त्रीलाई निश्चल बस्नेतको व्यंग्य: मन्त्री थप्ने काम सकिए डा केसीतिर ध्यान दिने कि?

स्वास्थ्य खबरपत्रिका

काठमाडौं-  कलाकार निश्चल बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यंग गर्दै डा गोविन्द केसीको माग पूरा गर्न आग्रह गरेका छन्।

बस्नेतले सामाजिक सञ्जाल ट्विटरमार्फत डा केसीको मागप्रति ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। उनले प्रधानमन्त्री देउवालाई नयाँ मन्त्री थप्ने काम सकिएको भए डा केसीप्रति बढी ध्यान दिने कि भनेर प्रश्न गरेका छन्। 

‘नयाँ मन्त्रीहरु थप्न सकियो भने यतापट्टि अलिक बेसी ध्यान दिने कि?’ निश्चलले ट्विट गरेका छन्। 

डा केसीका मागप्रति विगतदेखि नै ऐक्यबद्धता जनाउँदै आएका निश्चल डा केसीको समर्थनमा निस्कने र्यालीमा समेत सहभागी हुँदै आइरहेका छन्। यसअघि नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा निश्चलले तीन करोड नेपालीको हितका लागि डा केसीको माग पूरा गर्नुपर्ने बताएका थिए। उनले त्यतिबेला सरकार बहिरो रहेको भन्दै आलोचना गरेका थिए। 

डा केसी १३औं अनसनमा आज १३औं दिनमा छन्। उनमा स्वास्थ्य समस्या देखिन थालेको चिकित्सहरुले बताएका छन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live