समाचार

रुपन्देहीमा ६१ जना डेंगुका नयाँ बिरामी फेला

स्वास्थ्य खबरपत्रिका

रुपन्देही– जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र बुटवल उपमहानगरपालिकाको  संयुक्त आयोजनामा डेंगु रोग फैलाउने लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान  सम्पन्न भएको छ।    

२८ र २९ गते बुटवल उपमहानगरपालिकाका विभिन्न वडामा  यो अभियान सञ्चालन गरिएको थियो ।  बुटवल उपमहानगरपालिका वडा नं ६, ७, ८, ९, १०, ११  बढी प्रभावित रहेको  कारण दुई दिने कार्यक्रम गरिएको उपमहनरपालिकाका स्वास्थ्य  शाखा प्रमुख डा रेमश केसीले बताए। ०६७÷०६८ सालदेखि रुपन्देही जिल्लामा डेंगु देखिएपछि जनस्वास्थ्य कार्यालय र उपमहानगरपालिकाले प्रत्येक बर्ष डेगु नियन्त्रणको अभियान गर्दै आइरहेको केसीले बताए।

‘खोज र नष्ट गर’ अभियान अन्तर्गत जनस्वास्थ्य कार्यालय र बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि काम गरेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारले डेंगु नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालयले प्रत्येक वर्ष अभियान सञ्चालन गर्दै आइरहेको यसवर्ष पनि यो अभियानलाई निरन्तरता दिइएको बताए ।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले ३० गतेसम्म डेंगु नियन्त्रणका लागि प्रचारप्रसार, सचेतना कार्यक्रम र खोज र नष्ट गर अभियान सञ्चालन गर्ने बताए ।   प्रत्येक टोेलमा अभियान चलाइएको र निरन्तरता दिने बताए।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टरकन्ट्रोल अधिकृत  केदार शाहले विशेष गरी २८ र २९ गते टोल टोल र घर घरमा पुगेर खोज र नष्ट गर अभियान सञ्चालन गरेको बताए।  उनका अनुसार बुटवल भैरहवा लगायतका क्षेत्रमा यस बर्ष ६१ जना डेंगुबाट प्रभावित बिरामी फेला पारेको बताए।

उनले भैरहवामा  ५ बुटवलमा  ४१ जना र अन्य बाहिर वा उपचार गर्न आएका बिरामीमा फेला परेको बताए।  कतिले लुम्बिनी अञ्चल अस्पताल, युसिएमएस लगायतका अस्पतालमा उपचार गरेका छन भने कतिलाई रिफर समेत गरिएको छ। प्रभावित धेरै भेटिए पनि मृत्यु  हुनेको सँख्या नरहेको बताए। उनले  रुपन्देहीका सबै नगरपालिका र गाउँपालिकामा अभियान चलाइने बताए।

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live