साताको मुहार/ब्रेन एन्ड ब्युटी

रिया पौडेल

स्वास्थ्य खबरपत्रिका

ब्रेन एण्ड व्यटी - जोरपाटी निवासी रिया हाल शंखरापुर एकेडेमीमा पिसिएल नर्सिङ अध्ययनरत छिन् । पुरानो बानेश्वरस्थित सेवा सदन बोर्डिङबाट विद्यालय शिक्षा अध्ययन गरेकी रियालाई बिरामीको सेवा गर्न मन पर्छ । सेवामुलक पेशा भएका कारण नै नर्सिङ पढाईमा आकर्षित रियालाई केही अस्पतालमा सिनियरले जुनियरलाई ‘डोमिनेन्ट’ गरेको पटक्कै मनपर्दैन । भन्छिन्, ‘नयाँ आउने जुनियरहरुलाई राम्रोसँग सिकाउने र सहयोग गर्नुपर्नेमा केही सिनियरहरु भने हेप्ने गर्छन् ।’ उनी केहीलाई छाड्ने हो भने नर्सिङ पेशामा धेरै राम्रा दिदीहरु रहेको बताउँछिन् । फुर्सदको समयमा उनलाई खाना पकाउन औधि मनपर्छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने