समाचार

कर्णाली प्रतिष्ठानले ‘बिपिएच’ पनि पढाउने

None

काठमाडौं-

काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनस्वास्थ्य (पब्लिक हेल्थ) विषयमा पनि पठन पाठन सुरु गर्ने भएको छ । यसका लागि प्रतिष्ठानले दुई दिने पाठ्यक्रम विकास कार्यशाला गरेको छ। 

पाठ्यक्रम विकासका लागि राखिएको कार्यशालामा प्रतिष्ठानले पोखरा, पूर्वाञ्चल, काठमाडौं विश्वविद्यालय र त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका पदाधिकारीहरु सहभागि भएका छन् । कार्यशाला ललितपुरस्थित होटल गुडविलमा हिजो र आज भएको हो ।

प्रतिष्ठानले नर्सिङ र स्वास्थ्य सहायक (एचए) कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसका साथै मेडिकल शिक्षाको पठन पाठन पनि सञ्चालन गर्न लागेको छ ।

प्रतिष्ठानका उपकुलपति डा राजेन्द्र वाग्लेका अनुसार स्नातक तहमा जनस्वास्थ्य विषय (बिपिएच)को पठन पाठनका लागि पाठ्यक्रम बनाउन कार्यशालाको आयोजना गरिएको हो । उनले यो विषयको पढाइका लागि कर्णालीका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ती दिनुका साथै त्यहाँका विद्यार्थीलाई ४५ प्रतिशत सिट समेत उपलब्ध गराइने बताए । 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने