मुख्य समाचार

अब ओपिडी सेवा १० देखि ५ सम्मै सुचारु

काठमाडौं– सरकारी अस्पतालको बहिरंग सेवा (ओपिडी) १० बजेदेखि ५ सम्मै खुला हुने भएको छ । यसअघि अस्पतालको ओपिडी सेवा २ बजेसम्म मात्रै सुचारु हुन्थ्यो ।

स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल, स्वास्थ्य सेवा विभाग, क्षेत्रीय निर्देशनालय लगायतका निकायले परिपत्र गरी ५ बजेसम्म ओपिडी सेवा दिन निर्देशन गरेको हो ।

स्वास्थ्य मन्त्री गगन थापाले सरकारी अस्पतालको ओपिडी सेवाको समय कम हुँदो धेरै मर्कामा परेको बताउँदै यस्तो व्यवस्था गर्न लागेको जानकारी दिए ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्बोधनमा पनि ओपिडी सेवा ५ बजेसम्मै सुचारु गर्ने बताएका थिए ।

 


प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने