मुख्य समाचार

डा केसीको १३ औं अनसनमा १३ दिन सँगै बिताएका कार्कीको निधन

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- डा गोविन्द केसीको १३ औं अनसनको समयमा १३ दिनसम्म अनसनस्थलमा डा केसीसँगै बिताएका एक विद्यार्थीको निधन भएको छ ।

अमेरिकाको येल विश्वविद्यालयमा कानुन विषय अध्ययन गरिरहेका अनिल कार्कीको मस्तिष्कघात (इन्ट्रासेरेबल ब्लिडिङ)का कारण निधन भएको एमबिबिएस अध्यनरत विद्यार्थी सुदन अधिकारीले जानकारी दिए ।

उनका अनुसार डा केसी १३ औं अनसनमा रहेको समयमा उनी नेपालमै थिए । ‘डा केसीको समर्थनमा उहाँ निरन्तर १३ दिनसम्म टिचिङमा बस्नु भएको थियो,’ अधिकारीले भने, ‘तर उहाँको असामयिक निधन भएछ ।’ उनले कार्कीसँग अाफू पनि १३ औँ अनसनका क्रममा ३५ घण्टा सँगै बसेको जानकारी दिए ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live