टिप्स/जानकारी

प्याप स्मेयर किन गर्ने? के हो पाठेघरको मुखको क्यान्सर?

स्वास्थ्य खबरपत्रिका

पाठेघर वा गर्भाशयको मुखको कोषिकाहरूमा असामान्य परिवर्तन भई त्यस भागमा अनावश्यक रूपले कोषिकाहरू वृद्धि भएर बन्ने गिर्खा वा निको नहुने घाउलाई पाठेघरको क्यान्सर भनिन्छ।

रोकथामका उपाय

क्यान्सर कारक तत्वहरूबाट अलग रहने, सानै उमेरमा यौन सम्पर्क नराख्ने र धेरै सन्तान नजन्माउने,

लामो समयसम्म परिवार नियोजनका साधन प्रयोग नगर्ने,

समय-समयमा पाठेघरको जाँच गराउने।

निदानका सरल उपाय

– गर्भाशय स्राव परीक्षण (प्याप स्मेयर) गर्ने: गर्भाशयबाट निस्कने स्रावहरू संकलन गरी परीक्षण गराई पाठेघरका कोषिकाहरू सामान्य रहे/नरहेको थाहा पाउने एक सरल र छरितो परीक्षण हो।

यो परीक्षण कस्ता महिलाले गर्ने?

३५ देखि ६० वर्ष उमेरका विवाहित महिलाले वर्षमा कम्तिमा एक पटक यो परीक्षण गराउनुपर्छ।

परीक्षणअघि ध्यान दिनुपर्ने कुरा

महिनावारी भएको ५-७ दिन वा रगत देखा परेसम्म र यौन सम्पर्क गरिएको २४ घन्टासम्म यो परीक्षण गराउनु हुँदैन।

कुनै  औषधि प्रयोग गरिएको हुनु हुँदैन।

पानी वा साबुनले योनीभित्र सफा गरिएको अवस्थामा पनि परीक्षण गर्नु हुँदैन। 

नियमित  पाठेघरको परीक्षणबाट हुने फाइदा

१० वर्षअघि नै पाठेघरमा क्यान्सर छ कि छैन पत्ता लगाई समयमा निदान गर्न,

पाठेघरमा केही संक्रमण हुन थालेको छ भने पहिले नै पत्ता लगाई सामान्य उपचारबाट निको पार्न।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live