समाचार

नेपाललाई पोषण अभियान सम्मान


काठमाडौ‌ं - संयुक्त राष्ट्र संघको पोषण अभियान कार्यक्रमलाई अभिवृद्धि गर्ने कार्यमा सक्रिय र महत्वपूर्ण योगदान पु¥याएवापत नेपालले ‘स्केलिङ अप न्युट्रेसन क्याम्पेन अवार्ड २०१७’ प्राप्त गरेको छ । 

हालै आइभोरी कोष्टमा सम्पन्न कार्यक्रममा नेपाललाई उक्त सम्मान दिइएको हो । संयुक्त राष्ट्र संघले चलाएको स्केलिङ अप न्युट्रेसनमा सन् २०११ देखि नेपाल आबद्ध हुँदै आएको छ । अभियानमा सहभागी विश्वका ६० मुलुकमध्ये नेपालसहित आठ मुलुकले उक्त सम्मान पाएको राष्ट्रिय योजना आयोगका स्वास्थ्य तथा पोषण क्षेत्र हेर्ने सदस्य प्रा डा गीताभक्त जोशीले जानकारी दिए। 

आयोगका अनुसार नेपालमा हरेक वर्ष कुपोषणले २५ हजार बालबालिकाको अकालमा मृत्यु हुने गरेको छ । आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले मुलुकमा विद्यमान कुपोषणलाई द्रुतगतिमा न्यूनीकरण गर्दै जाने बताए। रासस

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने