मुख्य समाचार

काठमाडौंका दुई औषधि पसलमा शिलबन्दी

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- नियमविपरीत सञ्चालनमा रहेका काठमाडौँका दुई औषधि पसलमा सोमबार शिलबन्दी गरिएको छ। 

उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नरदेवीमा रहेको कुशल डेन्टल क्लिनिक प्रालि र सागर प्याथोलोजी ल्याबमा शिलबन्दी गरेको हो। ती पसल स्वीकृति नलिई सञ्चालनमा थिए। 

अनुगमन संयोजक दीपकराज पोखरेलसहितको टोलीले शिलबन्दी गरिएको दुवै औषधि पसललाई तीन दिनभित्र आवश्यक कागजपत्र लिई विभागमा आउन निर्देशन दिएको छ। 

पछिल्लो समय तरकारीमा भएको मूल्यवृद्धिलाई कम गर्न पनि विभागले रातिको समयमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए।

सामान खरिद गर्दा म्याद, मूल्य र प्रयोग गर्न सकिने मिति ख्याल गर्न पनि आम उपभोक्तालाई उनले अनुरोधसमेत गरे।रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live