समाचार

उपचार नहुँदा ऐंजुरु बढ्दै

स्वास्थ्य खबरपत्रिका

दमक – जन्मँदै अनुहारको एक छेउमा रातो मासु देखिएका झापा, बिर्तामोडका २० वर्षीय पुजन पाँचकोटीको अहिले अनुहारभरि ऐंजेरु फैलिएको छ। 

अनुहारको देबे्र भागमा ऐंजेरुले ढाकिसक्यो भने अनुहारको अर्को भागतिर फैलिने क्रममा छ । “ऐंजेरुले अनुहार नै नचिन्ने बनायो” उपचारका लागि याचना माग्ने क्रममा सञ्चारकर्मीसँग उनले भने, “डाक्टरले उपचार गरे जाती हुन्छ भनेका छन्, उपचार गर्ने आफूसँग पैसा छैन।” 

पाँचकोटी अभिभावकविहीन हुन् । बिर्तामोडको कालीस्थानमा सानैमा बुबा चन्द्रको निधन भएको थियो भने आमाले दोस्रो विवाह गरेपछि उनी सहाराविहीन बनेका थिए। बाल्यकालमा टुहुरा बनेपछि उनी भारतको दार्जिलिङस्थित सुकुनास्थित मावलघरमा हुर्केका हुन्। धैरै बसाइ मामाघरमा नै बित्यो तर त्यहाँका पनि आर्थिक अवस्था कमजोर भएका कारण उहाँले यतिका समयसम्म अनुहारमा ऐंजेरु बोकेर हिँडडुल गर्न बाध्य छन्।

पाँचकोटीका अनुसार भारत, बङ्लोरको एक अस्पतालमा उपचार गर्न सिलगुढीका एक अस्पतालले सिफारिस गरे पनि पैसा नभएपछि उनको उपचार रोकिएको हो । “कहिले नेपाल त कहिले भारततिर यताउता पैसा जोहो गर्दा भारु एक लाख जति उठाएको छु” उनले भने,“तर अस्पतालमा लाग्ने जति पैसा नहँुदा त्यत्तिकै रोग पाल्न बाध्य छु।” 

अस्पतालले उपचारका लागि करिब रु तीन लाख भारु लाग्ने भनेको छ । बिर्तामोडको कालिका स्कुलमा कक्षा ११ मा अध्ययनरत उनले यतिखेर ऐंजेरुको उपचार गर्न बजार, चोकमा याचना गर्दैआएका छन्। “अरु जस्तै हुनमन छ” पाँचकोटीले भन्नुभयो,“दयालु मनकारीको खोजीमा छु” उनले भने। रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live