मुख्य समाचार

मधुमेह दिवसमा ओम हस्पिटलले निकाल्यो प्रभातफेरि

None

काठमाडौं– विश्व मधुमेह दिवसको अवसरमा मंगलवार राजधानीको चावहिलस्थित ओम हस्पिटलले प्रभातफेरि निकालेको छ। हस्पिटल परिसरबाट शुरु भएको प्रभातफेरि चावहिल, मित्रपार्क, जयवागेश्वरी, सिफल, गणेशस्थान हुँदै पुनः हस्पिटल परिसरमा आएर टुङगिएको थियो। 
प्रभातफेरिमा सहभागीहरुले मधुमेह रोगका सम्बन्धमा जनचेतना जगाउने प्लेकार्डहरु प्रर्दशन गरेका थिए । प्रभातफेरिमा हस्पिटलका चिकित्सक, कर्मचारी लगायतको सहभागिता रहेको थियो। 
जनचेतनाको अभावमा नेपालमा पनि मधुमेह रोगले भयावह रुप लिइसकेको ओम हस्पिटलका मधुमेह रोग विशेषज्ञ डा बजरङगकुमार रौनियारले बताए। यसैबीच विश्व मधुमेह दिवसको अवसरमा ओम हस्पिटलमा मंगलवार नै विशेष छुट सहितको मधुमेह परीक्षण र निशुल्क औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने