समाचार

ललितपुरको भट्टेडाँडामा लियो क्लबको शिविर

स्वास्थ्य खबरपत्रिका

काठमाडौं – मेडिकल एक्सचेञ्ज इन्टरनेशनल नेपालले ललितपुरको भट्टेडाँडामा आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय बढीले स्वास्थ्य परीक्षण गराएका छन्।
 
अल्का अस्पताल र  लियो क्लव अफ काठमाण्डौ अल्काको सहकार्यमा भट्टेडाँडा स्वास्थ्य चौकीमा आयोजित दुई दिन शिविरमा स्त्री रोग तथा जनरल फिजिसियन, हाडजोर्नि तथा नशा रोग लगायत समस्या लिएर आएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो। 

शिविरमा सहभागी बिरामी मध्ये अधिकांस महिलाहरुमा स्त्रीसँग सम्बन्धित समस्या देखिएको आयोजक मेडिकल एक्सचेञ्ज इन्टरनेशनल नेपालकी सभापति डा. ग्रीष्मा श्रेष्ठले जानकारी दिए। 

कतिपय बिरामीमा समयमै स्वास्थ्य संस्थाको पहुँचमा नपुग्दा थप समस्या बल्झिएको पाइएको डा.श्रेष्ठले बताए। 
 
आर्थिक अभावले समयमै बिशेषज्ञ चिकित्सकको पहुँचमा आउन नसकेका सर्वसाधरण नागरिकलाई लक्षित गरी ललितपुरको बिकट मानिने भट्टेडाँडाँमा निःशुल्क शिबिर आयोजना गरिएको लियो क्लव अफ काठमाण्डौ अल्काकी प्रेसिडेण्ट अल्का थापाले जानकारी दिइन्। शिविरमा डाक्टरहरु ग्रीष्मा श्रेष्ठ, शिखा पाण्डे, पवन मरासिनी, सुरुची श्रेष्ठ, ऋषि ताम्राकार लगायतको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live