समाचार

धरानमा मधुमेह परीक्षणको निःशुल्क शिविर 

स्वास्थ्य खबरपत्रिका

धरान- विश्व मधुमेह दिवसका अवसरमा धरानको छाता चोकस्थित पुरानो अस्पताल परिसरमा मधुमेहको निःशुल्क परीक्षण शिविर आयोजना गरिएको छ।

विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको रोटर्यानक्ट क्लब अफ धरान घोपाले रोटरी क्लब अफ धरान घोपा, लायन्स क्लब अफ धरान विजयपुर, लायन्स क्लब अफ धरान बूढासुब्बासँग संयुक्त रुपमा शिविरको गरेको हो।

बिहान ७ देखि आठ बजेसम्म आयोजित निःशुल्क शिविरमा १०३ जनाले ब्लड सुगर परीक्षण तथा निःशुल्क परामर्श प्राप्त गरेको आयोजकले जनाएको छ। शिविरमा ३ जना चिकित्सक तथा ३० जना स्वयंसेवकको टिम खटिएको थियो।

शिविरमा उच्च ब्लड सुगरका बिरामी बढी देखिएका छन्। उच्च ब्लड सुगर भएकामध्ये अधिकांशमा उच्च रक्तचाप, धूमपान र मोटोपन देखिएको थियो। रगतमा अत्यधिक सुगर मात्रा भएकाहरुलाई थप परीक्षणकालागि विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live