भान्सामै औषधी

यस्ता छन् ‘ग्रिन टी’का फाइदा

None

काठमाडौं-

ग्रिन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ, त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल हुन्छन् ।

ग्रिन टी भारत र चीनमा रगत रोक्न, घाउ निको पार्न, पाचन प्रणालीलाई मजबूत पार्न, मुटु तथा मानसिक स्वास्थ्य तथा शरिरको तापक्रम नियमित राख्न औषधिको रुपमा प्रयोग गरिन्छ । पछिल्ला अनुसन्धानले ग्रिन टीले तौल घटाउनेदेखि लिएर कलेजोको समस्या तथा टाइप टु डाइबेटिजसम्मका लागि पनि सकारात्मक असर पर्ने पुष्टि गरेका छन् ।

चिनी नहालिएको ग्रिन टीमा जिरो क्यालोरी हुन्छ । यसमा क्याफिनको मात्र निकै थोरै हुन्छ, उदाहरणका लागि एक कप ब्ल्याक टीमा क्याफिनको मात्रा ५० मिलिग्राम हुन्छ, कफीमा ९५ मिलिग्राम हुन्छ भने ग्रिन टीमा २० देखि ४५ मिलिग्राम मात्र हुन्छ । ग्रिन टी संभवतः विश्वमै सबैभन्दा स्वस्थ पेय मानिन्छ जसमा अन्य चियामा भन्दा उच्च एन्टिअक्सिडेन्ट हुन्छन् । यसमा पोलिफेनल्स नामक प्राकृतिक रासायनिक पदार्थ हुन्छन् जसमा क्यान्सर तथा जलन निवारण गर्ने क्षमता हुन्छ ।

नेशनल क्यान्सर इन्सिच्युटका अनुसार ग्रिन टीमा पाइने पोलिफेनलले ट्युमर घटाउन मद्दत गर्छ र पराबैजनी किरणबाट हुने क्षतिबाट बचाउँछ । ग्रिन टी उपभोग बढी हुने देशमा क्यान्सरको दर पनि कम भएको पाइएको छ । तर, क्यान्सर घट्ने कारण ग्रिन टी नै हो कि त्यहाँका मानिसको जीवनशैली हो भन्ने बारेमा पनि अझैं पनि स्पष्ट भैसकेको छैन । अध्ययनहरुमा ग्रिन टी उपभोग नगर्नेभन्दा गर्नेमा प्याङक्रियाटिक क्यान्सर हुने सम्भावना ५० प्रतिशत कम भएको पत्ता लागेको थियो ।

ग्रिन टीले महिलाहरुको स्तन, ब्लाडर, पाठेघर, फोक्सो, प्रोस्टेट, छाला तथा पेटको क्यान्सरमा सकारात्मक प्रभाव पारेको पाइएको थियो ।  अनुसन्धानकर्ताहरुले के विश्वास गरेका छन् भने ग्रिन टीमा पाइने पोलिफेनल तत्वले क्यान्सरयुक्त कोषिकाहरु मार्न सहयोग पु¥याइ बढ्नबाट बचाउँछ ।

सन् २००६ मा अमेरिकन मेडिकल एशोसियसनको जर्नलमा  प्रकाशित अनुसन्धानमा निष्कर्ष निकालिएको छ– ग्रिन टीको उपभोग मुटुजन्य रोगबाट हुने मृत्युदरलाई कम गर्नेसंग संबन्धित छ । यो अध्ययनका क्रममा ४० देखि ७९ वर्षबीचका ४० हजार जापानीलाई ११ वर्षसम्म अध्ययन गरिएको थियो । दैनिक ५ कपसम्म ग्रिन टी खाने मानिसलाई तुलनात्मक रुपमा मुटुसंबन्धी रोग कम लागेको पाइएको थियो । यस्तै, अर्को अध्ययनमा दैनिक १० कपसम्म ग्रिन टी खानेमा कोलेस्टेरोल कम भएको पाइएको थियो, तर, दैनिक ४ कप वा सोभन्दा कम खानेमा कोलेस्टेरोल लेबलमा कुनै परिवर्तन आएको थिएन ।

अध्ययनहरुले ग्रिन टी सेवन गर्नाले टाइप टु डायबेटिज हुने सम्भावना कम रहेको पाइएको छ । तर, केही अनुसन्धानकर्ताले भने ग्रिन टी उपभोग र डायबेटिजमा कुनै संबन्ध नरहेको दाबी गरेका छन् ।

केही अध्ययनमा ग्रिन टीको कारणले तौल घटेको पाइएको थियो, तर, तौल घटाउन ग्रिन टी नै लाभकारी हुने कुरा भने महत्वपूर्ण नभएको केही अनुसन्धानकर्ताको भनाई छ । यस्तै, अर्का अध्ययनहरुले ग्रिन टीले दाँतको सडन, छालाको समस्या, आर्थराइटिसजस्ता समस्या समाधान गर्ने पत्ता लागेको छ ।

पछिल्लोपटक जर्नल अफ द अमेरिकन हार्ट एशोसियसनमा नियमित ग्रिन टी उपभोग गर्नाले स्ट्रोकको खतरा कम हुने उल्लेख गरिएको छ । यस्तै, बेलायती अनुसन्धानकर्ताहरुले ग्रिन टीले प्रोस्टेट क्यान्सरविरुद्ध लड्न मद्दत पु¥याउने उल्लेख गरेका छन् । उनीहरुले ग्रिन टीसंगै ब्रोकाउली, बेसार तथा अनारले क्यान्सरविरुद्ध लड्न मद्दत पु¥याउने बताएका छन् ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने