नर्सिङ

नर्सको आत्मसम्मानको लडाइँलाई निर्णायक बनाऔं

स्वास्थ्यखबर

नेपाली 4 समुदाय यतिबेला आन्दोलनमा छ। पेशामा रहँदा वर्षौंदेखि मनभित्र गाँठो परेर बसेका पीडा बिस्तारै पोखिँदै छ। राजनीतिक र बाहिरी दबाबका बीच पनि नर्सहरु स्वत:स्फूर्त रुपमा आन्दोलनमा निस्किएका छन्।

हरदम बिरामीको सेवामा दत्तचित्त भएर खट्ने हामी नर्सहरु यस पटक आफूमाथिका अन्याय र श्रम शोषण विरुद्ध लडिरहेका छौं। यो लडाइँमा अहिले दैनिक तीन घन्टा सेवा बन्द गरेर आफ्ना माग पूरा गराउन दबाव दिइरहँदा यसमा आम नागरिकको साथको खाँचो छ। तपाईंहरुले हाम्रो मागको मर्म बुझिदिनुहोस् भन्ने हाम्रो आग्रह हो। 

समय र व्यवस्था परिवर्तन हुँदै छ। यो बेलामा हामी नर्सका साथै आम नागरिक र स्वास्थ्य सम्बन्धी निकायका नेतृत्व वर्गले यो पेशाको गरिमा जोगाउन समयानुकूल विचार नपुर्‍याए स्वास्थ्य क्षेत्र प्रभावहीन बन्दै जानेछ।

यो लेखमा मैले नेपाल 4 संघले यो आन्दोलनको मुद्दा बनाएका ११ सूत्रीय मागमध्ये पहिलो बुँदामा रहेको मानव अंग प्रत्यारोपण केन्द्रबाट अन्यायपूर्ण तरिकारले निकालिएका नर्सहरुलाई बिनासर्त पुनर्वहाली गरियोस् भन्ने मागबारे चर्चा गर्दै छु। यो मेरो नितान्त व्यक्तिगत धारणा हो।

यो माग झट्ट हेर्दा एउटा संस्थाको प्रकरण र व्यक्तिगत जस्तो लागे पनि यो घटना नेपालमा रहेका ७४ हजार नर्समाथि भइरहेको अन्यायको प्रतिविम्ब हो। यो घटनाका पीडित त्रजिना, सजना, सपनाहरु सात महिनादेखि न्यायको खोजीमा लडिरहेका छन्। उनीहरु सजना, सपना र त्रजिना भएकै कारणले पीडित भएका होइनन्, नर्स भएकाले पीडित भएका हुन्। नर्स भएकैले अपमानित भएका हुन्। अहिले उनीहरु 'नर्स' को रुपमा लड्दै छन्।

आफ्नो माग सम्बोधनका लागि उनीहरु पटकपटक 4 संघको आँगनमा उभिए। पटकपटक स्वास्थ्य मन्त्रालयको ढोका खटखटाए। कहिले उनीहरु सडकबाट चिच्याउँदै न्यायका लागि गुहार मागे। कहिले पीडामा बर्बराउँदै अस्पतालको शय्याबाटै न्यायको याचना गरे। सायद नेपालको अरु क्षेत्रमा भएको भए न्यायका लागि यति चर्को मूल्य उनीहरुले चुकाउनुपर्ने थिएन होला।

यसबीच स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन नगरेको होइन। छानबिन समितिको रिपोर्ट नै प्रस्टसँग बोलेको छ, 'मानव अंग प्रत्यारोपण केन्द्रले कुनै आधारबिना कर्मचारीहरुको नियुक्ति गरेको छ र कुनै आधारबिनै निकालेको छ।'

जुनसुकै ठाउँको व्यवस्थापन र उचित सञ्चालनको लागि हामी सिस्टम अर्थात् प्रणालीको कुरा गर्छौं। एउटा संस्थाका लागि त प्रणाली बसाल्नु अपरिहार्य नै मानिन्छ। तर, संस्थामा जुन बेला जसरी मन लाग्यो कर्मचारी लिने र आफ्नो मुड अनुसार निस्कासन गर्ने गरिन्छ भने त्यसलाई के भन्ने? त्यसले कर्मचारीमाथि कतिसम्म अपमानबोध गराउला? नर्सहरुमाथि भएको यही हो।

व्यवस्थापन पक्षको नाममा एक व्यक्तिमा निहित कर्मचारी राख्ने र निकाल्ने अधिकारले हामी नर्सहरु पीडित छौं। उनीहरु हाम्रो पेशालाई आफ्नो गोजीको पेवा सम्झन्छन्। हाम्रो आत्मसम्मानको मूल्य कत्ति पनि देख्दैनन्। उनीहरुलाई कानुनको परवाह छैन। कुनै सरकारी अस्पतालबाटै हामी यसरी बेथितिको सिकार भएर निकालिनुपर्छ भने, नर्स भएकै कारणले अपमानित हुनुपर्छ भने, वर्षौंसम्म रैती जसरी बिनापारिश्रमिक काम गर्नुपर्छ भने यो मुद्दा उनीहरुको मात्रै हुन्छ कि हामी सबै नर्सहरुको?

नर्सहरु न्याय माग्दै अघि बढेपछि नेपाल 4 संघले पटकपटक छलफलका लागि आह्वान गर्योस। तर, अस्पताल प्रशासन छलफलमा आउनै चाहेन। हामी पटकपटक अस्पताल पुग्यौं। तर, उनीहरुले हामीसँग गर्ने व्यवहार कहिल्यै सामान्य हुन सकेन। यदि कुनै सरकारी अस्पताल प्रशासनले आफ्नो राजनीतिक र गैरराजनीतिक शक्ति प्रयोग गरेर 4 पेशाकै मर्यादाको धज्जी उडाउँछ भने त्यसको विरुद्धमा लड्ने र  न्याय दिलाउने 4 संघको कर्तव्य हुन्छ।

मानव अंग प्रत्यारोपण केन्द्रको घटना त सतहमा देखिएको एउटा घटना मात्र हो। यस्ता कैयौं घटना देशका अन्य अस्पतालमा पनि छन्। ती दबिएका, हेपिएका र गुमनाम छन्। काठमाडौं बाहिरका ती घटना हामीसम्म आइपुग्न सकेका छैनन्। काठमाडौं उपत्यकाकै घटना त बाहिर देखिएर आन्दोलनबाट न्यायको लागि गुहार मागिरहँदा सुनिएको छैन भने बाहिरका कति घटना कसरी गुपचुप रहेका होलान्, अनुमान मात्र गर्न सकिन्छ।

न्यायको यो लडाइँमा यतिबेला सजनाहरु मात्रै लडिरहेका छैनन्, उनको अनुहारमा आफ्नै पीडाको झलक देखेर सयौं सजना यो लडाइँलाई निर्णायक बनाउन होमिएका छन्। यो लडाइँ आगामी दिनको लागि उदाहरण बन्नेछ।

मानव अंग प्रत्यारोपण केन्द्रको घटनाबाट झिल्कोको रुपमा सल्किएको भए पनि यो लडाइँ नेपालभरको हो। एउटा प्रतीकको रुपमा देखिएको यो आन्दोलन अन्य अस्पतालहरुलाई सच्चिनका लागि दिइएको चेतावनी हो। समग्रमा, स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय सुधारका लागि चालिएको कदम पनि हो।

त्यसैले यो मुद्दालाई एउटा मुद्दा मात्रै नसम्झेर ७४ हजार नर्सको मुद्दा मानेर लड्दै छौं। यसलाई हामी हाम्रो पेशाको आत्मसम्मानको लडाइँ सम्झेर लड्दै छौं। यो केही नर्सको व्यक्तिगत मुद्दा नभई हाम्रो पेशागत मुद्दा हो। यसलाई ठोस प्रतिफलमा नपुर्‍याई हामीले अब रोकिनु हुन्न।

[email protected]

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live