जीवनशैली

तौल घटाउन पिउनुहोस् यी पेय पदार्थ


तौल घटाउने प्रमुख उपाय भनेको शारिरीक व्यायाम हो । व्यायामसँगै खानपिनमा पनि ध्यान दिँदा तौल चाँडै घट्न मद्धत पुग्छ । यसबाहेक पोषणबिदहरुका अनुसार तौल घटाउन केही पेय पदार्थ पनि सहायक बन्न सक्छन् । 

पानीः यो सदाबहार उपयुक्त पेय पदार्थ हो । नियमित पानी पिउँदा अवश्य पनि केही न केही तौल घट्छ । अझ पानीमा कागती राखेर पिउँदा तपाईको तौल झन् घट्छ । बिहान उठ्नेवित्तिकै कागती पानी पिउँदा तौल घट्छ ।

सागसब्जीको सुपः पोषणयुक्त यस सुपले तपार्इंको मेटाबोलिजमलाई सशक्त बनाउछ । डिनर अगाडि सागसब्जीको सुप खाँदा थोरै क्यालोरी खान सहयोग मिल्छ ।

ग्रीन टीः तौल नियन्त्रणका लागि ग्रीन टी पनि उपर्युक्त विकल्प हो । यसले शरिरको ग्लुकोजलाई समेत नियन्त्रण गर्छ । दैनिक दुई कप ग्रीन टी खाँदा तौल घट्छ । यसले विभिन्न रोगबाट बचाउनका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

सागसब्जीको जुसः तरकारीको सुपमा जस्तै भेजिटेबल सुपले पनि तौल घटाउँछ । गर्मी मौसममा सब्जीको जुस र जाडोमा सब्जीको सुप खाँदा शरिरलाई फाइदा हुन्छ । तर सुपमा सोडियमको मात्रा न्यून हुनुपर्छ ।

कफीः कफीले पनि तपाईको मेटाबोलिजमलाई शसक्त बनाउछ । यसले मोटोपन घटाउछ र तपाईको उर्जाको तह बढाउछ । कफीमा भएको क्याफिनले क्यालोरी जलाउन सहयोग गर्छ । तर खाली पेटमा र दैनिक दुई कप भन्दा बढी कफी पिउँदा भने शरिरको मेटाबोलिजमलाई नकरात्मक असर पार्छ ।

तररहित दूधः तरकाटेको दूधमा प्रोटिन, भिटामिन डी, र क्याल्सियमयुक्त हुन्छ जसले तपाईको हड्डीलाई बलियो बनाउँछ । यस्तो दुधले शरिरमा क्यालोरि नथपी शरिर झनै ऊर्जावान हुन्छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने