अन्तर्वार्ता

यस्तो छ नेपालको स्वास्थ्य सेवा विकासको इतिहास : डा हेमांग दीक्षित [भिडियो]

स्वास्थ्यखबर

काठमाडौं- डा हेमांग दीक्षित चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्व डीन हुन्। बरिष्ठ बालरोग विशेषज्ञ डा दीक्षित चिकित्सा शिक्षाका विज्ञ तथा स्वास्थ्य क्षेत्रको इतिहासका अध्येताका रुपमा पनि चिनिन्छन्।

स्वास्थ्यखबरको नियमति कार्यक्रम ‘25’मा डा दीक्षितले नेपालमा स्वास्थ्य सेवा कसरी सुरु भयो ? कसको पालामा के भएको थियो ? चिकित्सा शिक्षाको पढाई कहिलेबाट शुरु भयो र उपचारात्मक सेवा कसरी आयो भन्ने विषयमा विस्तृत कुराकानी गरेका छन्।

डा दीक्षितका अनुसार नेपालमा अंशुवर्माको पालामा उपचारका लागि आरोग्यशालाहरु खुलेको इतिहास छ । त्यसपछि मल्लकालिन समयमा पश्चिमा देशको उपचार सेवा नेपालमा कसरी भित्रियो ? नेपालीहरुले कसरी डाक्टरी, नर्स, आयुर्वेद, स्वास्थ्यका अन्य विषयमा पढ्न थाले ? लगायतका विषयमा पनि डा दीक्षितले जानकारी दिएका छन्।

स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलसँगको भिडियो 9मा डा दीक्षितले जंगबहादुरले बेलायतबाट शल्यक्रियाका सामग्री किनेर ल्याएको, वीर अस्पतालभन्दा पहिला ब्रिटिस दुतावासमा अस्पताल खोलिएको लगायतका कुरा पनि बताएका छन्। 

हेरौँ भिडियो

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live