डक्टर्स आर्टिकल

लेजर के हो ? कसरी गरिन्छ उपचार ? 

None

महिला हुन् या पुरुष, आफ्नो अनुहार कुरुप देखियोस् भनेर कसैले चाहँदैन । अनुहारमा केही दाग धब्बा नदेखियोस् भन्ने चाहना सबैको हुन्छ । डन्डीफोर आयो भने कतै खत बस्ला कि भनेर झन् चिन्ता हुन्छ । केही मानिसको अनुहार डन्डीफोर र यसको खतले विरुप पार्छ । तर, अब डन्डीफोरको खतै बसे पनि चिन्ता लिनुपर्ने अवस्था छैन । जस्तोसुकै खत पनि लेजर प्रविधिका माध्यमबाट हटाउन वा मिलाउन सकिन्छ । लेजर छाला पुनरुत्थान, पोलेका दाग हटाउने, जन्म दागहरु स्थायी रुपमा हटाउने उत्तम तरिकामध्ये एक हो। 

के हो लेजर ? 

लेजर एउटा इलेक्ट्रोनिक उपकरण हो, जसले विद्युतीय माध्यमबाट परावैजनी किरण निकाली शरीरका कुनै अनावश्यक निश्चित कुरा मात्र ‘सेलेक्टिभ टिस्यु थर्मोलाइसिस’ प्रक्रियाबाट निकालिन्छ । 
लेजर प्रविधि सन् १९६० बाट सुरु भएको हो । नेपालमा भने यो २००४/०५ तिर मात्र सुरु भयो । सुरुका दिनमा एकै प्रकारको लेजर भए पनि अहिले विभिन्न थरिका लेजर बजार छन् । 
लेजर दुई अवधारणामा प्रयोग गरिन्छ।

‘एब्लेटिभ’ लेजरले शरीरमा घाउ बनाएर मात्र काम गर्छ भने ‘नन एब्लेटिभ’ लेजरले घाउ नबनाईकन लेजरको लाइट पास गरेर जुन अनावश्यक चिजलाई निकाल्नुपर्ने हो, त्यसैलाई मात्र निकाल्न सकिन्छ।

तर, ‘लेजर भनेको जादुको छडी हो, यो प्रयोग गरेपछि संसारका कुनै पनि रोग निको बनाउन सकिन्छ, सबै दाग निकाल्न सकिन्छ’ भन्ने धारणा चाहिँ गलत हो । लेजर विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ । मेडिकल क्षेत्रमा शल्यक्रियाका बेला प्रयोग गरिन्छ भने कस्मेटिक क्षेत्रमा अनावश्यक रौं हटाउन, कोठी, मुसा निकाल्न, ट्याटु हटाउन, चाउरीपन हटाउन, जन्मदागहरु हटाउन, खत मिलाउन प्रयोग गरिन्छ। 

छाला एक प्रकारले मुलायम मखमलको कपडाजस्तै हो, त्यसमा दाग लाग्यो भने नराम्रो देखिन्छ । र, कहिलेकाहीँ दाग नजान पनि सक्छ । त्यस्तै हाम्रो छाला पनि बाल्यकालमा मखमलजस्तै हुन्छ । ठूलो हुँदै गएपछि विभिन्न कारणले दाग बस्छ । जस्तै, चोटपट लाग्ने, घामले डढ्ने, डन्डीफोर आउने आदि । दाग लागिसकेपछि पहिलाको जस्तो ‘नर्मल’ छाला त हुँदैन, तर लेजरको माध्यमबाट मिलाउन सक्नेजति मिलाउने प्रयास गर्न गरिन्छ। 

लेजर विधिले उपचार गर्न आउँदा सबैभन्दा पहिले किन गरिन्छ र कसरी गरिन्छ भन्ने बुझ्नुपर्ने हुन्छ । लेजरले छाला पातलो हुन्छ, क्यान्सर हुन्छ भन्नेजस्ता भ्रम हाम्रो समाजमा छन् । तर ती गलत हुन् । लेजर भनेको आफूले निकाल्न खोजिएको चिजलाई ‘टार्गेट’ गरेर निकाल्ने हो।

कसरी गरिन्छ ?

लेजर विधिमा सबैभन्दा कम चोट लगाएर ‘मिनिमल इन्भेजिभ सर्जरी’ गरिन्छ । यसमा बिरामीलाई बेहोस बनाउनुपर्दैन । एक घन्टा छाला लाटो पर्ने मह्लम लगाएर राखेपछि त्यो लेजर गर्ने भाग लाटो हुन्छ । त्यसपछि कुन ‘टिस्यु’ निकाल्नुपर्ने हो र कुन लेजरको प्रयोग गर्ने, कति पावर प्रयोग गर्ने, किन प्रयोग गर्ने भन्नेबारे जानकारी हुनु आवश्यक छ । लेजर विभिन्न प्रकारका हुन्छन् । जस्तै कार्बनडाइअक्साइड (सिओटु), एनडी याग, डायोड, रुवी, पल्सड डाइ लेजर, एलेज्यान्ड्राइड आदि।

कालो कोठी, मासु या मुसा पलाएको छ भने कार्बनडाइअक्साइड लेजर प्रयोग गरिन्छ । तीलकोठी, छालाको भित्रपटि भएका कोठी या ट्याटु हटाउन एनडी याग लेजर प्रयोग गरिन्छ । रौं निकाल्न डायड लेजर प्रयोग गरिन्छ । खत मिलाउनुपर्‍यो, दाग हटाउनुप¥यो भने फ्य्राक्सनल कार्बनडाइअक्साइड लेजर प्रयोग गरिन्छ । यस्तो लेजरले  छालाको एक तह डढाउने काम गर्छ । त्यस्तो छालाबाट पछि ‘नर्मल टिस्यु’हरु निस्कन्छन् र खत पुरिँदै जान्छ । एक पटक लेजर गर्दैमा सबै खत पूर्णरुपमा निको हुँदैन । खत तथा दागहरु एकैपटक निकाल्न खोज्दा त्यसको परिणाम राम्रो हुँदैन । बिस्तारै पटक–पटक लेजर गरेर निकाल्नुपर्छ। 

दागको प्रकृति हेरेर ४ देखि ६ पटकसम्म लेजर गर्नुपर्ने हुन्छ । कसैका अलि–अलि वा थोरै दाग हुन्छन् भने कसैको अनुहारै बिग्रिसकेको हुन्छ । अलि–अलि दाग भएकालाई थोरै पटकको लेजरले पनि काम गर्छ भने, धेरै दाग भएकालाई धेरै पटक लेजर गुर्नपर्छ । हरेकपटक लेजर गर्दा केही न केही सकारात्मक परिवर्तन हुन्छ । डन्डीफोरको खत हटाउन ६ पटकसम्म हरेक महिना लेजर गर्नुपर्ने हुनसक्छ । यसको राम्रो पक्ष भनेको उक्त लेजर प्रयोग गर्दा चाउरीपना पनि कम भएर जान्छ।

विचार गरौं

लेजर गर्दा कुन लेजर प्रयोग गरिएको छ भनेर ध्यान दिनुपर्छ । बजारमा विभिन्न गुणस्तरका लेजर पाइन्छन् । चाइनिज, इन्डियन, कोरियन लेजर छ्याप्छ्याप्ती पाइन्छ । नजान्ने मान्छेले पनि लेजर प्रयोग गर्ने हुँदा समस्या निम्तिएर आउने मान्छे पनि थुप्रै हुन्छन् । त्यसैले लेजर प्रयोग गर्दा कहाँ गर्दैछु, चलाउन जान्ने मान्छे छन् कि छैनन् भनेर जानकारी राख्नु जरुरी हुन्छ । राम्रो गुणस्तरको लेजर प्रयोग गर्दा समय कम लाग्ने साथै ‘साइड इफेक्ट’ पनि कम हुन्छ।

कुनै–कुनै लेजर गर्दा घाउ हुन सक्छ । त्यसलाई घामबाट जोगाउनुपर्छ । घामबाट जोगाउन ‘सन ब्लक क्रिम’ दिनमा ३ देखि ४ घन्टाको अन्तरालमा लगाउनुपर्छ । लेजर गरेपछि बसेका पाप्रा कोट्याउनु हुँदैन । लेजर गरेको पहिलो र दोस्रो दिनमा पानी पार्नु हँुदैन । दुखाइ भयो भने दुख्न कम गर्ने औषधि खानुपर्छ । दुखाइ पनि सहन सक्ने खालको हुन्छ । कसैले धेरै ठाउँमा लेजर गरेको छ भने इन्फेक्सन नहोस् भनेर एन्टिबायोटिक दिने गरिन्छ । लेजर गर्दा भएको घाउ निको हुन ५ देखि ७ दिनसम्म लाग्छ । त्यो बेला घरमै बसेर आराम ग¥यौं भने चाहेको परिणाम पाउन सक्छौं। 

प्रस्तुतिः सिर्जना खत्री 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने