टिप्स/जानकारी

नचाहँदा नचाहँदै पनि पिसाब आउछ ? यी हुन सक्छन् कारण? 


सामान्यतः साना बच्चाहरुले कपडामै पिसाब गर्छन् । जब उनीहरु ठूला हुन्छन्, बिस्तारै दिसापिसाब केहीबेर रोक्न सिक्छन् । तर केही मानिसमा वयस्क भएपछि पनि पिसाब रोक्न नसक्ने समस्या रहिरहन्छ । केही मानिसमा बानीका कारण हुनसक्ने भएपनि अधिकांश मानिसमा यस्तो समस्या रोगका कारण हुन्छ । यस्तो रोगलाई युरिनरी इन्कन्टिनेन्स भनिन्छ । यो दिमागसंग सम्बन्धित रोग हो । यसको लक्षण पार्किन्सन्ससंग मिल्छ, जसमा नचाहँदा नचाहँदै पिसाब निस्कन्छ । 

के हो युरिनरी इन्कन्टिनेन्स ? 

पार्किन्सन्समा जस्तै यो रोगमा पनि डिप्रेसनका लक्षण देखिन्छन् । बिरामी तनावमा हुन्छन् र पिसाब रोक्न सक्दैनन् । यसले महिला र पुरुषलाई अलग–अलग तरिकाले प्रभावित बनाउँछ ।  बच्चामा पनि यो समस्या देखिन्छ । यस्तो समस्या भएका बिरामी लाजका कारण अरुसंग त्यति सम्पर्कमा रहँदैंनन् । जसका कारण उसमा चिडचिडाहट हुने, रिस उठ्ने समस्या देखिन्छ । 
पिसाब रोक्न नसक्ने समस्या दिमागसंग सम्बन्धित हुन सक्छन् । जुन यस प्रकार छन् :
 

पार्किन्सन्स

यो रोग क्रोनिक र प्रोग्रेसिभ मुभमेन्ट डिसअर्डर हो । एकपटक यसको लक्षण देखिएपछि बिस्तारै गम्भीर अवस्थामा पुग्छ । हालका लागि यसको न कुनै उपचार छ, न यसको कारणबारे नै थाहा हुन सकेको छ । तर केही औषधीबाट भने असर कम गर्न सकिन्छ । यसले मष्तिष्कमा रहेको महत्वपूर्ण स्नायु कोषलाई पूर्ण रुपले नष्ट गर्छ र शरीरका अन्य अंगको संकेत पूर्ण रुपले ग्रहण गर्न सक्दैन । यसले सुरुवाती चरणमा न्यूरोन्सलाई प्रभावित गर्छ र शरीरको चाल अवरुद्ध गर्छ ।  

डिप्रेसन
डिप्रेसन यस्तो समस्या हो, जो बिस्तारै मानिसको जीवनशैलीको हिस्सा बनिरहेको छ । डिप्रेसनमा मानिसको शरीर नै उसको नियन्त्रणमा हुँदैंन । समस्या जटील हुँदैं गएपछि बिरामीले आत्महत्या गर्ने कोशिस गर्छ र अधिकांश अवस्थामा जीवन नै गुम्छ । यसका विविध रुप हुन्छन् । कसैलाई मानसिक, कसैलाई सामाजिक, कसैलाई वातावरणीय तनाव हुन्छ । यदि आफूलाई डिप्रेसनको समस्या सुरु भएको संकेत पाउनासाथ परिवार र साथीभाईलाई थाहा दिनुपर्छ या सल्लाह लिनुपर्छ  । 

हन्टिगन्टन्स डिजिज
यो एक जटील समस्या हो । यसका बिरामीमा सोच्ने, बुझ्ने तथा महसुस गर्ने क्षमता प्रभावित हुन्छ । पार्किन्सन्सजस्तै यसको समस्या पनि साधारणबाट सुरु भएर जटीलसम्म पुग्छ । यो आनुवंशिक समस्या पनि हो, जो एक पीढीबाट अर्को पीढीसम्म सर्न सक्छ । 

ट्रेमर
यो पनि काफी रुपमा पार्किन्सन्स डिजिजजस्तै हो । यसमा बिरामीले नचाहँदा नचाहँदै पनि शरीरका अंगहरु हात, काँध, खुट्टा तथा टाउको काँप्छन् । न्यूरोलोजिकल डिस्अर्डरअनुसार यस्तो हुन्छ । ट्रेमरका कारण हृदयाघात हुने खतरा पनि हुन्छ । यो रोगले बिरामीलाई शारीरिकका साथसाथै मानिसक रुपमा पनि प्रभावित बनाउँछ । 

डिमेन्सिया
डिमेन्सियाअनुसार बिरामीको स्मरणशक्ति कमजोर हुन्छ । शब्द पहिचान गर्न नसक्ने, निर्णय लिने क्षमता नहुने समस्या हुन्छ । दिनप्रतिदिन यो समस्या बढ्दै जाँदा बिरामीको अवस्था जटील पनि हुन्छ । यो रोग लाग्दा पार्किन्सन्समा जस्तै दिमागको स्नायु कोषलाई प्रभावित पार्छ ।
(अनुदित सामग्री)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने