काठमाडौं- अल्का अस्पताल र जनता बैंकले संयुक्त रुपमा सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्थ शिविर आयोजना गरेको छ।
जनता बैंकको वार्षिक उत्सव पारेर चौतारा साँगाचोकमा निःशुल्क स्वास्थ्यशिविर आयोजना गरिएको हो।
स्वास्थ्थ शिविरमा अल्का अस्पतालका स्त्री रोग विशेषज्ञ र जनरल फिजिसियनहरुको टोली खटेको थियो।
शिविरमा २ सय ७० जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए।
शिविरमा अल्का अस्पतालका डाक्टरहरु सुप्रिमा राजभण्डारी, रिष्मा मण्डल, रेनिश भट्टराई लगायतको टिम खटेको थियो।
अल्का अस्पताल र जनता बैंक मिलेर आज शनिबार काठमार्डौंको बानेश्वरमा निःशुल्क स्वास्थ्यशिविर आयोजना गरिदैँछ।