रुपन्देही – नेपाल स्वास्थ्य प्राविधिक संघ रुपन्देहीको ११ औं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ। जसको अध्यक्ष बुद्धि जिसी उपाध्यक्ष खुला सोमनाथ शर्मा महिला उपाध्यक्ष जमुना पन्थी निजीतर्फ उपाध्यक्ष उपेन्द्र अर्याल सचिव प्रभास पन्थी सह सचिव गणेश भट्टराई कोषाध्यक्षमा ईश्वरी पौडेल सदस्यहरु इन्द्र राई भेषराज बन्जाडे चएन भएका छन्।
केन्द्रिय प्रतिनिधिमा गणेश गौतम, खगराज पोखरेल जिबलाल भुसाल, अमृत भुसाल, पिताम्बर पाठकलगायत रहेको समितिले जनाएको छ।