स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गत रहने गरी ७७ वटै जिल्लामा ‘प्रादेशिक स्वास्थ्य फिल्ड’ कार्यालय राख्न नयाँ प्रस्ताव तयार पारेको छ। मन्त्रालयले उक्त नयाँ संरचनाको प्रस्ताव सामान्य प्रशासन मन्त्रालयमा पठाईसकेको छ।
स्वास्थ्य मन्त्रालयले असार मसान्तसम्म हाल जिल्लामा रहेका जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालयको निरन्तरता र त्यसपछि ती कार्यालयको दरबन्दी आधा भन्दा बढी घटाएर उक्त स्थानमा प्रदेश माताहत रहने गरी फिल्ड कार्यालय राख्ने नयाँ प्रस्ताव बनाएको हो।
मन्त्रालयको यो प्रस्ताव मन्त्रीपरिषदबाट पास भएमा जिल्लामा असारसम्म जिल्ला जन÷स्वास्थ्य कार्यालय रहनेछन् भने त्यसपछि ति स्थानमा नाम फेरिएर फिल्ड कार्यालय रहनेछन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार संविधान प्रदत्त नागरिकको अधिकारको रक्षाका लागि नयाँ संरचना बनाउनु परेको हो। ‘स्वास्थ्य क्षेत्र अत्यन्तै गहन र जटिल विषय भएकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश माताहत रहने गरी फिल्ड कार्यालय स्थापना गर्नुपर्ने देखिएको हो,’ उनले भने, ‘हाल जिल्लामा रहेका कार्यलय खारेज गर्दा स्वास्थ्यमा अहिलेसम्म भएका उपलब्धि गुम्नसक्ने खतरा देखिएपछि सानो संरचना बनाउन खोजिएको हो।’
फिल्ड कार्यालयमा ८ दरबन्दी
स्वास्थ्यले तयार पारेको सांगठनिक संरचना अनुसार फिल्ड कार्यालय प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा अन्तर्गत रहनेछन्। फिल्ड कार्यालयमा ८ जनाको दरबन्दी राख्ने प्रस्ताव गरिएको छ। जस अनुसार ७७ वटा जिल्लाका फिल्ड कार्यालयमा ६ सय १६ जना कर्मचारी रहनेछन्।
फिल्ड कार्यालयको प्रमुख ७ तथा ८ औं तहका कर्मचारी हुनेछन्। ती कर्मचारी हेल्थ इन्स्पेक्सन समुहका हुनेछन्। प्रस्तावित संरचनामा समन्वय तथा महामारी व्यवस्थापन र खोप, औषधिजन्य सामग्री भण्डारण तथा वितरण गरी २ वटा इकाई रहने व्यवस्था गरिएको छ।
यस्तो छ फिल्ड कार्यालयको कार्यविवरण :
प्रस्तावित सांगठनिक संरचना बमोजिम पदहरुको विवरण :
प्रस्तावित संरचना :