प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट देशवासीका नाममा संवोधन गर्ने क्रममा नेपालको जडिबुटी, स्वास्थ्य अवस्था र सम्भावनाका विषयमा पनि आफ्नो धारणा व्यक्त गरेका छन्।
उनले जडिबुटीको प्रचुर सम्भावना भएको देशका नागरिक औषधि अभावमा मर्ने दिनको अन्त्य हुने बताएका छन्। संवोधनका क्रममा प्रधानमन्त्री ओलीले हावा पानीमा नै औषधि भएको देशका नागरिक सकरी रोगी हुनसक्छन् भन्दै प्रश्न समेत गरेका छन्।
‘हाम्रो हावा र पानी औषधीय छन । जहाँको खानेकुरा स्वस्थकर र पवित्र छ, प्रदुषित छैन, त्यहाँका मानिस आज रोगी?!’ प्रधानमन्त्रीले संवोधनका क्रममा भनेका छन्।
संवोधनका क्रममा प्रधानमन्त्री ओलीले जडिबुटी नै जडिबुटी भएको नेपालमा औषधि अभावमा मानिसका मृत्यु भएको विषयमा पनिप्रश्न गरेका छन्।
‘जुन देशमा जडिबुटी छ, ढुंगा सिलाजित हुन्छ, माटो सिम्रिक हुन्छ, जुन देशमा उम्रिने झार यार्सागुम्बा, पाँच औंले, संजिवनी हुन्छ, त्यस देशमा औषधीको अभावमा मान्छे मर्ने ?
यो कसरी हुन्छ ?
अव यो स्थितिको अन्त्य गर्नै पर्छ।’ संवोधनका क्रममा प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले स्वास्थ्यको सन्दर्भमा नेपाललाई केही बर्षभित्र अर्गानिक नेपाल बनाइने पनि बताए।
‘नेपालको हावा–सहि अर्थमा प्राण वायू नेपालको पानी–जीवन जल । हाम्रो नीति उपचार केन्द्रीत हैन– आरोग्यता केन्द्रीत !’ उनले आश्चार्य समेत प्रकट गरे।
प्रधानमन्त्री ओलीले मौलिक अधिकारका रुपमा प्रत्याभूत आधारभूत स्वास्थ्यमा लगानी वृद्धि गरिने पनि बताए।
‘स्थानीय सरकार र समुदायसँग मिलेर प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तिमा यो अधिकारको व्यवहारिक कार्यान्वयन गरिने छ’ उनले भने, ‘सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरिनेछ। गरिबीको रेखा मुनि रहेका जनता, बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साहित गरिनेछ।’
स्वास्थ्यका विषयमा प्रधानमन्त्रीले गरेको संवोधान :
दुषण र दुषित खाद्यका कारण अहिले संक्रामक सरुवा रोगबाट मात्रै हैन, नसर्ने रोगको महामारीबाट समेत हाम्रा जनता पीडित छन् । उनीहरुको स्वास्थ्यका बारेमा चासो राख्नु राज्यको दायित्व हो।
स्वास्थ्य भनेको अस्पताल र ट्याव्लेट मात्रै हैन, स्वच्छ हावापानी, स्वच्छ वाताबरण, स्वच्छ खानपान,उचित आनिवानी र दिनचर्या पनि हो।
एकचोटी सोचौं– हिऊँ पग्लिएर हामीकहाँ ओखतीको जरा पखाल्दै पानी बग्छ। औषधि पखाल्दै पखाल्दै बगेको पानी खनिजसँग मिसिंदै मिनरल पानी हुँदै आउँछ । हाम्रो हावा र पानी यसरी औषधीय छन । जहाँको खानेकुरा स्वस्थकर र पवित्र छ, प्रदुषित छैन, त्यहाँका मानिस आज रोगी?!
जुन देशमा जडिबुटी छ, ढुंगा सिलाजित हुन्छ, माटो सिम्रिक हुन्छ, जुन देशमा उम्रिने झार यार्सागुम्बा, पाँच औंले, संजिवनी हुन्छ, त्यस देशमा औषधीको अभावमा मान्छे मर्ने?
यो कसरी हुन्छ?
अव यो स्थितिको अन्त्य गर्नै पर्छ ।
तसर्थ, स्वास्थ्यको सन्दर्भमा नेपाललाई केही बर्षभित्र अर्गानिक नेपाल बनाइने छ ।
नेपालको हावा–सहि अर्थमा प्राण वायू नेपालको पानी–जीवन जल । हाम्रो नीति उपचार केन्द्रीत हैन– आरोग्यता
केन्द्रीत !
मौलिक अधिकारका रुपमा प्रत्याभूत आधारभूत स्वास्थ्यमा लगानी वृद्धि गरिने छ । स्थानीय सरकार र समुदायसँग मिलेर प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तिमा यो अधिकारको व्यवहारिक कार्यान्वयन गरिने छ । सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरिनेछ ।
गरिबीको रेखामुनि रहेका जनता, बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साहित गरिनेछ।