त्रिभुवन विश्वविद्यालयले यो वर्षका लागि आफू अन्तर्गतका मेडिकल कलेजमा स्नातकोत्तर तह (पिजी)का लागि नयाँ सिट तोकेको छ। त्रिवि कार्यकारी परिषद्ले शैक्षिक वर्ष २०७४र७५ का लागि विभिन्न विषयको सिटसंख्या टुंगो लगाएको हो।
त्रिविले निर्धारण गरेको नयाँ सिट र विषयको जानकारी चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा पठाइसकेको छ। कार्यकारी परिषद्ले चैत १३ को आइओएम फ्याकल्टी बोर्डको सिफारिसका आधारमा कलेजहरुलाई सिट तोकेको हो।
त्रिविले महाराजगन्ज क्याम्पसमा क्लिनिकल विषयमा ८७, बेसिक साइन्स, दन्त चिकित्सकलगायत विषयमा १८, जनरल प्राक्टिसनर तथा इमर्जेन्सी मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति र इन्टरनल मेडिसिनमा १०र१० सिट तोकेको छ।
सम्बन्धन प्राप्त कलेजतर्फ नेपाली सेनाको मेडिकल कलेज र चितवन मेडिकल कलेजले बढी सिट पाएका छन्। नेपाली सेनाको मेडिकल कलेजले कुल ४६ सिट पाएको छ भने चितवनले ४४ सिट पाएको छ। सेनाले क्लिनिकल विषयमा २९, इन्टरनल मेडिसिनमा ५, बेसिक साइन्स र अन्य विषयमा १७ सिट पाएको छ।
त्यसैगरी युनिभर्सल मेडिकल कलेजले ३७, नेसनल मेडिकल कलेजले ३०, पिपल्स डेन्टलले ८, किस्ट मेडिकल कलेजले चार र गण्डकी मेडिकल कलेजले १२ सिट पाएका छन्।
यसैगरी, मनमोहनले सामान्य चिकित्सा र 4 विषयका लागि १६ सिट पाएको छ।
पिजी शुल्क २२ लाख
त्रिविले आंगिक तथा सम्बन्धन प्राप्त मेडिकल कलेजको स्नातकोत्तर तह ९पिजी० को शुल्क २२ लाख रुपैयाँ निर्धारण गरेको छ। त्रिविले अघिल्लो वर्ष पिजी शुल्क ३१ लाख रुपैयाँ निर्धारण गरेको थियो।
यस वर्ष आइओएमले सुरुमा अघिल्लो वर्षकै जति कायम राख्न सुझाव दिए पनि पछि चैत १३ को फ्याकल्टी बोर्डबाट २३ लाख निर्धारण गर्न सिफारिस गरेको थियो। तर त्रिविले आइओएमको सिफारिसपछि फेरि अर्को समिति बनाएको थियो। समितिको सिफारिसका आधारमा आइओएमले सिफारिस गरेभन्दा पनि एक लाख कम शुल्क निर्धारण गरेको थियो।
कार्यकारी परिषद्ले सम्बन्धन प्राप्त कलेजमा एमडी÷एमएसको क्लिनिकल विषयमा २२ लाख, बेसिक साइन्समा १२ लाख ३७ हजार, जनस्वास्थ्यतर्फ १० लाख ९१ हजार तोकेको छ। त्रिवि आंगिक क्याम्पस महाराजगन्ज चिकित्सा क्याम्पसमा भने वार्षिक शुल्क १६ हजार, पेइङतर्फ दक्षिण एसियाली राष्ट्र ९सार्क० भित्रका विदेशीलाई ४८ हजार तीन सय २४ र सार्कबाहेक अन्य मुलुकका विद्यार्थीका लागि ५३ हजार सात सय ५० डलर तोकेको छ।