डक्टर्स आर्टिकल

किन हुन्छ आँखाको डेढोपन ? उपचार कसरी गर्ने ?


काठमाडौं-

कुनै वस्तुलाई हेर्दा एउटा आँखाले त्यही वस्तुलाई र अर्को आँखाले तल–माथि, दायाँ–बायाँ हेर्नुलाई आँखा डेढो भएको मानिन्छ। बच्चा जन्मिसकेपछि आँखाको सम्पूर्ण हेर्ने भागको विकास हुन्छ। त्यसक्रममा आँखा घुमाउने मांसपेशी पनि विकास हुन्छ। त्यही मांसपेशीले आँखालाई सन्तुलित गरेको हुन्छ। तर कहिलेकाहीँ मांसपेशीको विकासक्रममा असर पर्न सक्छ र प्यारालाइज हुन्छ। यसो भयो भने आँखा डेढो हुन्छ। 

बच्चाको जन्मेपछि बिस्तारै आँखाको विकास हुन्छ र ६ देखि ८ हप्तासम्म एउटा पोजिसनमा बस्छ।  तर जन्मनेबित्तिकै सन्तुलित भएन भने डेढोपन भनिँदैंन। 

के कारणले हुन्छ ?

डेढोपन आनुवंशिक तथा क्रोमोजमको असन्तुलनले पनि हुन्छ। कुनै बच्चामा जन्मजात हुन्छ भने कसैलाई स्कुल जाने उमेरमा पनि हुन्छ। एउटा आँखामा चोट लाग्यो भने, आँखाको पर्दा फाट्यो भने, आँखाको नशामा प्यारालाइसेस भएर डेढो हुने समस्या हुन्छ।   

नजिकको दृष्टि कम हुँदा प्लस पावरको चश्मा लगाउनुपर्नेमा लगाएन भने यस्तो समस्या देखिन्छ। बच्चामा यस्तो समस्या छ भने डेढोपन कम गरिदिन्छ। यस्तै, चोट लागेर नशा आँखाको नशा प्यारालाइसिस भयो भने, उच्च रक्तचापका कारण ब्रेन हेमरेज हुँदा, टाउकोको चोटका कारण आँखा डेढो हुन्छ। जनसंख्याको २ देखि ४ प्रतिशत जनसंख्यामा यो समस्या देखिएको अनुमान छ। डेढो आँखाको भिजन कम हुन्छ र साइडमा गएर बस्छ यदि बच्चामा छ भने भिजन भित्र पस्छ। 

डेढो आँखाको उपचार कसरी गर्ने ?

डेढो आँखालाई अपरेशन गरेरभन्दा पनि नियमित परीक्षण गनुृपर्छ। त्यसपछि कस्तो खालको समस्या हो पहिचान गरेर त्यसैअनुसारको उपचार गर्नुपर्छ। कसैलाई चश्मा दिनुपर्छ, कुनै अल्छी आँखा छ भने उपचार गर्नुपर्छ। आफैं सिधा नभए कस्मेटिक रुपले सिधा गर्नुपर्छ। कसैलाई हाइपावरको चश्मा लगाएर पनि ठीक हुन्छ भने अकोमोडेटिभ पावर बच्चाहरुमा धेरै हुन्छ। यो उमेर बढ्दै जाँदा कम हुँदै जान्छ। ४० वर्षमा जिरो लेवलमा पुग्छ। 

सिधा आँखा छ भने पनि टाउकोमा सामान्य चोट लाग्दा भिजन बाहिर गएर डेढो हुने समस्या हुन्छ। केटाकेटी अवस्थामा नै यसको उपचार ग¥यो भने यो समस्या हटाउन सकिन्छ। 

हाम्रो समाजमा यस्तो आँखा भएका बच्चाहरु भाग्यमानी हुन्छन् भनेर भन्ने चलन छ। तर यस्ता आँखा हुने बच्चाहरु भाग्यमानी होइनन्, बरु समयमै उपचार गर्न जरुरी हुन्छ। यो समस्या लिएर आउनेहरु कसैलाई अपरेशन गरिदिनुपर्छ, कुनैलाई औषधि राखिदिएइर सिधा बनाइन्छ भने कसैलाई चश्मा दिनुपर्छ। कसैलाई चश्मा लगाइदिएर पट्टी लगाएपछि दृष्टि सुधार गरिन्छ। दृष्टि जति छिटो सुधार गरिन्छ, त्यति नै राम्रो हुन्छ। 

२ वर्षदेखि ५ वर्षका बच्चाहरुको आँखाको अवस्थालाई क्रिटिकल पिरियड मानिन्छ। बच्चाको आँखा ७ देखि ८ वर्षभित्र पूर्ण रुपमा विकास भैसकेको हुन्छ। त्यसैले ८ वर्षपछिको उपचार अलि जटील हुन्छ। त्यसैले जतिसक्दो चाँडो चिकित्सकलाई भेटेर उपचार थालिहाल्नुपर्छ। कुनै बेला चश्मा लगाइदियो भने आँखा सोझो हुँदैं आउँछ भने कसैमा भने चश्मा र सर्जरी दुवै चाहिने हुन्छ। 

यस्तै, आँखालाई डेढो हुनबाट बचाउन चोटपटक लाग्नबाट बचाउनुपर्छ। चोट लागेर दृष्टि कम भयो भने डेढो हुन्छ। एउटा आँखा डेढो छ भने आँखाको भिजन बराबर हुँदैंन। यदि क्षयरोग भएर आँखाको ६ नम्बर नशामा प्यारालाइसिस भएको छ भने फिजियोथेरापी गरेर निको बनाउन सकिन्छ। चोट लागेर डेढो भएको अवस्थामा भने पहिलेजस्तै बनाउन सर्जरी गर्न सकिन्छ।  

- प्रस्तुति: सिर्जना खत्री

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Dr Sudarshan Khanal , B.Optom, O.D लेख्नुहुन्छ बैशाख ९, २०७५ आइतवार ०१:५४:०१
Vision Therapy/ Orthoptics is the modality of treatment before we proceed to ...

यसमा तपाइको मत



पढ्नै पर्ने