विराटनगर– नर्समाथि बलात्कार प्रयासको आरोपमा एमबिबिएसका एक विद्यार्थी पक्राउ परेका छन्।
नोबेल मेडिकल कलेजमा अध्ययनरत सप्तरी बलान बिहुल गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका मनिष मिश्रलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।
उनले एक स्टाफ नर्सलाई विभिन्न बहाना गरेर गत मंगलबार राति आफ्नो डेरामा लगी बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ। नर्स उनको कोठाबाट भागेर प्रहरीकोमा पुगेकी थिइन्।
पीडित नर्सको उजुरीका आधारमा उनलाई पक्राउ गरी कारबाही अघि बढाइएको मोरङका एसपी अरुण बिसीले बताए।