स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले एक विपन्न बालिकाको अभिभावकत्व ग्रहण गरेकी छिन् । सरकारले चालेको विद्यार्थी भर्ना अभियान अन्तर्गत उनले आफ्नै गृहजिल्ला स्याङ्जा वालिङकी निश्मा विकलाई कक्षा १ मा भर्ना गरेकी हुन्।
दलित विपन्न परिवारकी पाँच वर्षीया निश्मा कालिगण्डकी मावि वालिङमा भर्ना भएकी हुन् । उनलाई आवश्यक पर्ने पठनपाठन सामाग्री राज्यमन्त्री आर्यालले उपलब्ध गराउनेछिन्।
यस वर्षको भर्ना अभियान अन्तर्गत प्रधानमन्त्री केपी ओलीलगायत अन्य मन्त्रीहरु र विभिन्न पार्टीका नेताहरुले विपन्न परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेका छन्।