ग्रामिण भेगको नियमित सम्पर्कमा आउन नपाएकालाई बिशेष प्राथमिकता राखेर लायन्स कलब अफ काठमाडौं सर्मपणको सहयोगमा मस्कुलर डिष्ट्रोफी फाउन्डेसन नेपालले स्वास्थ्य शिविर काठमाडौंमा गरिएको छ।
ग्रामिण भेगको नियमित सम्पर्कमा आउन नपाएकालाई बिशेष प्राथमिकता सहितको कार्यक्रम गरिएको आयोजकले जनाएको छ । स्वास्थ शिविरमा करिब १८ जिल्लाका ६० जना बिरामी सहभागी भएका थिए।
लायन्स कलब अफ काठमाडौं समर्पणको सहयोगमा स्वास्थ्य शिविरमा एक्सरे ,इसिजी, इको, मस्कुलर च्याटिङ र भ्याक्सिनमा लागेको खर्चको साथै १८ जिल्लाबाट आएका ५० जनालाई मस्कुलर डिष्ट्रोफी अपाङ्गता भएकालाई ह्वील चियर प्रदान गरिएको थियो।
नेपाल सरकारको सहयोगमा मस्कुलर डिष्ट्रोफी बिरामी तथा अपाङ्गहरुको लागि दीर्घकालिन उपचार तथा पुनस्र्थापना काठमाडौं, सांखु, खुमलटारमा पक्की स्थायी भवन निर्माण कार्य थालनी भएको बताइएको छ।
के हो मस्कुलर डिष्ट्रोफी ?
मस्कुलर डिष्ट्रोफी मानव शरीरमा रहेका जीनबाट देखा पर्ने विकृतिहरुको एक समूह हो। जसले केवल मांसपेशीहरुमा सुक्ष्म परिर्वतन ल्याई यसलाई बढी मात्रामा क्षीण तथा कमजोर बनाउने गर्दछ । यो विभिन्न विकृतको ठूलो समूह मायोप्याथी भित्र निहित एक अंश हो, जो पूर्णतया मांसपेशीमा मात्र देखापर्छ।
यसमध्ये डुचेन मस्कुलर डिष्ट्रोफी पुरुषहरुमा मात्र देखिने रोग हो । यस संस्थाको रेकर्ड अनुसार नेपालमा अहिले डुचेनमस्कुलर डिष्ट्रोफी करिब ६ सय जना छन् भने अन्य मस्कुलरका बिरामीहरु करिब ३ सय जना गरि जम्मा ९ सय जना रहेका छन्। यसमध्ये करिब एकसय जना मस्कुलर डिष्ट्रोफी बिरामीहरु अति अल्पआयुमा उचित उपचार र सहयोग नपाएर मुत्यु समेत हुने चिकित्सक बताउँछन्।
संस्थाले प्रभाविक बालबालिका एवं अपाङ्गको गुणस्तरीय दीर्घ जीवनका लागि राष्ट्रिय स्तरमा हरेक वर्ष आधारभुत स्वास्थ्य परिक्षण तथा उपचार परामर्श सहित स्वथ्य शिविर सचांलन गर्दै आएको छ।