काठमाडौं– औषधि व्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्ज बाँकेका फार्मेसी अधिकृत तपेन्द्र भट्टराई घुससहित पक्राउ परेका छन्।
मेडिकल स्टोर दर्ता प्रक्रियाका लागि भनेर उनले नगद ५० हजार घुस लिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुरस्थित कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई कार्यकक्षबाटै घुससहित पक्राउ गरेको हो।
मेडिकल स्टोर दर्ता गर्न खोज्ने व्यक्तिले अख्तियारलाई सूचना दिएर घुस दिएका थिए। घुस लिएलगत्तै भट्टराई पक्राउ परेका हुन्।