विश्व स्वास्थ्य

सिरियामा स्वास्थ्य क्षेत्रमा लगानी बढाउन डब्लुएचओको आग्रह


जेनेभा– सिरियामा मानवीय सङ्कट बढीरहँदा मङ्गलबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्ने बताएको छ। 

सिरिया र छिमेकी पाँच विभिन्न मुलुकमा द्वन्द्वका कारण विस्थापित बनेका एक करोड ७० लाख नागरिकले खाद्यान्नको सङ्कट झेल्नुपरेको डव्लुएचओले जनाएको छ। 

अन्तर्राष्ट्रिय समुदायको ब्रसेल्समा भएको भेलाले सिरियाली जनताको जीवनरक्षाका लागि खाद्यान्न लगायत अतिआवश्यक दैनिक उपभोगका वस्तुका लागि थप लगानी गर्नु पर्ने देखिएको डब्लुएचओको को भनाइ छ। 

सिरियाली द्वन्द्व, विभिन्न सामानको अभाव, असुरक्षा, सामान्य जनजीवनमा अवरोधको अवस्थाले लाखौँ सिरियालीलाई स्वास्थ्य सहयोगकोसमेत खाँचो रहेको छ। 

यसैबीच सिरियाबाट विभिन्न छिमेकी मुलुकमा गइ शरण लिइ बसेका ठूलो सङ्ख्याका सिरियाली नागरिक गरिबीको रेखामुनि बाँच्न बाध्य रहेका पाइएको र उनीहरूले अतिआवश्यकीय स्वास्थ्य सेवाको सुविधासमेत लिन नसकेकोमा विश्व समुदायको ध्यान आकृष्ट गरिएको छ। 

सन् २०११ देखि सुरू भएको सिरियाली युद्धका कारण करिब एक करोड १३ लाख सिरियाली नागरिक देशभित्र नै बाँच्न र अन्य जीवन रक्षाका लागि चाहिने अतिआवश्यकीय सामग्रीको पर्खाइमा रहेका बताइएको छ। सिरियामा झण्डै आधा स्वास्थ्य सेवामात्र सम्पूर्ण रूपमा सेवा प्रदान गर्नसक्ने स्थितिमा रहेका छन्। रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने