फिचर

बेलायती स्वास्थ्यको बदलिँदो तस्बिर (फोटो फिचर)


डेलीमेल– बेलायतका एक स्वास्थ्य कर्मचारीले विगत ४ दशकयता आफूले विभिन्न अस्पतालमा काम गर्ने क्रममा खिचेका तस्बिर सार्वजनिक गरेका छन् । नेशनल हेल्थ सर्भिस (एनएचएस) ले ७० औं वार्षिकोत्सव मनाइरहँदा फोटोग्राफीका सौखिन क्रिस पोर्स्जले खिचेका तस्बिरले बेलायतको बदलिँदो स्वास्थ्य क्षेत्र तथा स्वास्थ्यकर्मीको स्पष्ट तस्बिर देखाएको छ । 

क्रिसले डाक्टर, नर्स, बिरामी र वार्डका ती तस्बिरहरु पिटरबोरो, क्याम्ब्रिजसायरमा खिचेका थिए । सन् ७० को दशकका ती तस्बिरमा ड्युटी समाप्त भइसकेका नर्सहरु क्लबमा बसेर मदिरा तथा चुरोट लिइरहेका देखिन्छन् ।

फोटोग्राफर क्रिस भन्छन्, ‘१२ घण्टाको ड्युटी गर्ने अहिलेका डाक्टरलाई अनौठो लाग्दो हो, त्यतिबेला डाक्टरहरुलाई सामाजिक जमघटमा सहभागी हुने अवसर पनि मिल्थ्यो ।’ १९८० को एउटा तस्बिरमा भने एक नर्स कफी ब्रेकको आनन्दा उठाइरहेकी देखिन्छिन् । 

क्रिसका अनुसार सिट बेल्ट लगाउनुपर्ने नियम लागू हुनुअघि सन् १९७० को दशकमा बेलायतमा कार दुर्घटना निकै बढी थियो । उनी सम्झन्छन्, ‘एकपटक दुर्घटनामा परेका ६ घाइते एकैचोटी ट्रलीमा ल्याइएका थिए, उनीहरुको शरीरबाट शिशाका टुक्रा झिक्न घण्टौं लागेको थियो ।’

१९७० मा अस्पतालमा ट्रली ओसार्ने र भारी बोक्ने काममा एनएचएसकै कर्मचारी हुन्थे भने अहिले तिनलाई निजीकरण गरिएको छ । 

डेलिमेलबाट

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने