अन्तराष्ट्रिय 4 दिवसको अवसमार नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा नर्सहरुको सम्मेलन भएको छ। गुणस्तरीय स्वास्थ्य सेवामा नर्सहरुलाई शशक्तिकरण गर्ने सम्बन्धमा मेडिसिटीमा विभिन्न अस्पतालहरुमा कार्यरत करिब १ सयजना नर्सहरुको सहभागितामा सम्मेलन भएको हो।
अन्तर्राष्ट्रिय नर्सेस दिवसको उपलक्ष्यमा मेडिसिटीमा साताव्यापी कार्यक्रमहरुको आयोजना गरिएको छ । सोही अन्तर्गत आज बुधबार सम्मेलन गरिएको अस्पतालले जनाएको छ। सम्मेलनमा नेपालस्थित अमेरिकन रादजुताबासकी नर्स क्यारी सेनगलम्यानले सुरक्षित 4 अभ्यास र बिरमीको हेरचाहका विषयमा प्रस्तुती दिएकी छिन्।
कार्यक्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साईकियाट्रीक 4 विभागकी प्रमुख प्राध्यापक समी लामाले नर्सहरुको सञ्चार सीपका बारेमा जानकारी दिएकी छिन्।
अमेरिकन दुतावासकै अर्की नर्स फ्रान्कोइस पाहुलले विशिष्ट 4 सेवाका लागि उदाहरणीय पेशागत कार्यका सम्बन्धमा छलफल गरेकी थिइन्।
त्यसैगरी नर्स लिंक अमेरिकाकी शर्ली इभान्सले 4 सेवामा अन्तर्राष्ट्रिय मापदण्डका सम्बन्धमा जानकारी गराइन्।
नेपाल 4 संघकी अध्यक्ष तारा पोखरेलले नर्सको पेशागत सशक्तिकरणका विषयमा जानकारी दिएकी छिन्।
मेडिसिटिका मेडिकल डारेक्टर डा सुनिल कुमार शर्माले गुणस्तरीय स्वास्थ्य सेवाका लागि दक्ष नर्स चाहिने बताएका छन्।
नेपाल मेडिसिटी अस्पतालले साताव्यापी कार्यक्रममा प्रभावकारी हात धुने तरीका सम्बन्धी नृत्य, अन्तर अस्पताल हाजिरीजवाफ, सिम्पोजियम, वाकाथन लगायत रहेको अस्पतालकी डेपुटी निर्देशक डा. तारा शाहले जानकारी दिइन्।