काठमाडौं– अनमीको लोकसेवा परिक्षामा अनमी पढेको प्रमाणपत्र अनिवार्य गर्न नेपाल 4 संघले माग गरेको छ । स्वास्थ्य मन्त्रालयललार्इ एक पत्र लेखी संघले अनमीको लागि खुलेको लोकसेवाको परिक्षामा अनमीको प्रमाणपत्र भएकाले मात्र भाग लिन पाउने व्यवस्था गर्न माग गरेको हो।
हाल लोकसेवामा अनमीको परीक्षा दिन स्नातक र स्नताकोत्तर (बिएस्सी, बिएन र एमएन 4) अध्ययन गरेकाले पनि आवेदन दिइरहेका छन्।
अनमीका लागि हेल्थ पोस्टलाई कसरी म्यानेजमेन्ट गर्ने, कम्यनिटी हेल्थ केयर कसरी गर्ने भन्ने कोर्समा केद्रिन्त गरी पढाइएको हुँदा उनीहरुका लागि खुलाएको लोकसेवा पदमा अनामीको प्रमाणपत्र भएकाले मात्र लोगसेवामा भाग लिन पाउनु पर्ने 4 संघकी अध्यक्ष तारा पोखलेरले बताइन्।
तर, लोक सेवा आयोगका अधिकारीहरुले एमए पढ्एकाले खरदारमा जाँच दिन पाउनु पर्छ भनेर अटेर गरेको हुँदा मन्त्रालयमा निवेदन पेस गरेको अध्यक्ष पोखलेरले बताइन्। पोखलेरले भनिन्, ‘अनामीहरुलाई कम्युनिटी फोकस गरेको पढाइएको हुन्छ। दुर्गममा स्वास्थ्य सेवा धान्ने भनेको अनमीले हो ।' सरकारी व्यवस्था गलत भएको भन्दै निर्णय सच्याउन संघले माग गरेको छ।
एउटै तह भएपनी हेल्थ पोस्टको इन्चार्ज अनमी हुन नपाउने व्यवस्था हटाउन पनि उनीहरुले माग गरेका छन्। संघकी अध्यक्ष पोखरेलले भनिन्, 'वर्षौंदेखि हेल्थ पोस्टमा बसेका अनामी इन्चार्ज हुन पाउँदैनन् तर भर्खर सिमए पढेर गएकाहरु भने अस्पतालका इन्चार्ज हुन्छन् । यो विभेद हो।'