कांग्रेस नेता तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सवारी दुर्घटनामा परि घाइते भएका नेपाल विद्यार्थी संघका नेता हिमाल दत्त श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका छन्।
बुधबार सवारी दुर्घटनामा परि घाईते भएका दत्तको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ। पुर्व उपप्रधानमन्त्री श्रेष्ठले विहिबार नेपाल मेडिकल कलेज पुगेर नेता दत्तको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। मोटरसाइकल दुर्घटनामा परेका दत्तको खुट्टामा चोट लागेको उपचारमा संलग्न चिकित्सक डा रमेश सिंहले बताए ।
उनका अनुसार नेता दत्तको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ। तिघ्राको मासु च्यातिएका कारण केही दिन अस्पतालको आराम आवश्यक परेको चिकित्सकले बताएका छन्।