शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा उपेन्द्र देवकोटाको स्वास्थ्यवस्थाबारे आज जानकारी लिएका छन्।
डा देवकोटा उपचाररत बाँसबारी न्यूरो अस्पताल पुगीमन्त्री पोखरेलले डा देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै नेपालीको कामनाले स्वास्थ्यलाभ गरेर पुनःबिरामीको सेवा फर्कने विश्वास व्यक्त गरे।
उपचारत डा देवकोटाले नीतिनिर्माणमा विशेष ध्यान दिन मन्त्री पोखरेललाई आग्रह गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा भएको बेथिति र अनियमितता हटाई नागरिकको पहुँचमा पुर्याउन ध्यानाकर्षण गराए।
आयुर्वेदबाट उपचार गरेको भनिनुभएका डा देवकोटाको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले मन्त्री पोखरेललाई जानकारी दिए। पित्तथैलीको अर्बुदका कारण पीडित डा देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै न्यूरो अस्पतालमा शुभेच्छुकको भीड लाग्ने गरेको छ । रासस