शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले विविध चिकित्सा पद्घतीलाई समेटेर प्रकाशित द हिलर–२०७५ नामक पुस्तकको विमोचन गरेका छन्।
आयुर्वेद क्याम्पस, किर्तीपुरमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले यस्ता प्रकाशनहरु अनुसन्धानमा आधारित हुनुपर्नेमा जोड दिए।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन क्रान्तिकारी, स्वास्थ्य विभागको पहलमा आयुर्वेद क्याम्पस इकाइ कमिटीको संयोजन र महाराजगञ्ज इकाइ कमिटीको सहयोगमा उक्त पुस्तक प्रकाशन गरिएको हो।
कार्यक्रमा विश्वविद्यालयका रजिष्टार डिल्लीराम उप्रेतिले द हिलरले आयुर्वेद जगतको शैक्षिक समस्याहरुलाई समाधान गर्ने बताए।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा जगदिश प्रसाद अग्रवालले अन्त कतै बाट पार नपाए पछि मात्र आयुर्वेदलाई अन्तिम अस्त्रका रुपमा अपनाउनु भन्दा पनि यसलाई सुरु देखि नै अपनाउनु पर्ने बताए।